जिवनशैली पत्रिका

पोखरामा डिसेम्बर ३१ मा पाँच जना चर्चित कलाकारले प्रस्तुति दिँदै

पोखरा, १४ पुस, पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन पाँच जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन् । ‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्करकोमागाने पार्कमा डिसेम्बर ३१ ९पुस १६०मा कार्यक्रम हुन लागेको हो । प्रचार नेपाल र स्पेक्स–१४ को आयोजना र आर्बिटरी इभेन्टससँगको सहकार्यमा कार्यक्रम हुने भएको हो । पुस १३ देखि १७ सम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेबान०पोखराले २६ औं संस्करणको… पुरा पढौ

पोखरामा आज देखि ड्रागन वोर्ट फेष्टिभलको रौनक, पर्यटन मन्त्री पाण्डेले उद्घाटन गर्ने तयारी

दीननाथ बराल,पोखरा १४, पुष, सुन्दर नगरी पोखरामा आज (आइतबार) देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ को सुरु हुदैछ । भोलि (सोमबार) सम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलको आज एक समारोहका बिच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नु हुने भएको छ । उक्त कार्यक्रममा नेपाल स्थित चिनिया राजदुत छेन सोङ सहितका अन्य अतिथिहरुको सहभागिता हुने भएको पोखरा महानगरपालिकाका व्यवसायी प्रबद्र्धन केन्द्रका महाशाखा प्रमुख नवराज अधिकारीले पोखराक्लिकलाई बताउनु भयो ।मुख्य आकर्षणको रुपमा रहेको ड्रागन बोट… पुरा पढौ

लोककवि अलि मियाँको स्मृतिमा पोखरामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरा, १४ पुस, लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माछापोखरी फुटबल मैदानमा माघ १३ देखि प्रतियोगिता हुन लागेको हो । समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुइ वर्षको अन्तरालमा प्रतियोगितामा गर्ने उदेश्य भए पनि विविध कारणले गत वर्ष प्रतियोगिता आयोजना गर्न नसकिएको अलिमियाँले बताए । तेस्रो संस्करणको प्रतियोगिता २०७८ मा सम्पन्न भएको थियो… पुरा पढौ

मुलुक भत्कानबाट बचाउदै ट्याकमा ल्याएका छौं मन्त्री गुरुङ

पोखरा १३, पुष, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकलाई भत्कानबाट बचाउदै हाल ट्याकमा ल्याएको बताउनु भएको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–१ टुसेमा हालै निर्माण भएको नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज (शनिबार) उद्घाटन गर्दै उहाँले मुलुक भत्कान लागेको अबस्थाबाट हाल ट्याकमा ल्याएको बताउनु भएको हो । मुलुकमा अझै केही समय सन्तुलन राखेर काम गर्नुपर्ने बताउदै मन्त्री गुरुङले राजश्व केही बृद्धि देखि पुंजिगत खर्च बढ्न थालेको जनाउनु भयो । पुंजिगत खर्च नभई देशमा रोजगार… पुरा पढौ

कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

पोखरा १३, पुष, कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटीजन्स एकेडेमीकी सापेक्षा सुवेदीले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा गोगन माविकी सुजाता पौडेलले द्धितीय स्थान हाँसिल गरिन् भने डायमण्ड माविकी योग्यता ढुङ्गानाले तृतीय स्थान हाँसिल गरिन् । यसै गरी त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौथो स्थान हाँसिल गरेका संयोजक सुन्दर ढकालले वताएका छन् । विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा पुरस्कारद्वारा… पुरा पढौ

सडक महोत्सवमा विनोद कायस्थ सम्मानित

पोखरा १३, पुष, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष एवं कास्की जिल्ला टेनिस संघका सस्थापक अध्यक्ष विनोद कायस्थ सम्मानित हुनु भएको छ । रेवान पोखराले टेनिस खेलको माध्यमबाट पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्पूर्ण योगदान दिएको भन्दै कायस्थालाई सम्मान गरिएको हो । २६ औं पोखरा सडक महोत्सवको उद्घाटन समारोहमा नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उहाँलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो । कायस्थकैै नेतृत्वमा अन्य खेलकुदकर्मी तथा व्यवसायीक प्रतिष्ठानले हातेमालो गरेपछि अहिले… पुरा पढौ

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल सम्पन्न

पुष १३,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शनिबार विभिन्न उमेर समुह अन्तर्गत प्रि. क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । शनिबार मेन्स सिंगलतर्फ नेहाल जङ्गबहादुर थापाले ओजेन महर्जनलाई ६–०,६–० ले राजबिर प्रधानले शक्ति शर्मालाई ६–०,६–० ले सक्षम बिक्रम शाहले उगेन शेर्पालाई ६–३, ६–१ ले तथा आयुषमान हजुर घलेले शाश्वत बज्राचार्यलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाए । उमन्स सिंगलतर्फ स्वस्तिका बिष्टले जेनी खड्कालाई ६–१,६–३ ले, सुनिरा थापाले… पुरा पढौ

प्रथम पर्वतीय दौड प्रतियोगिताको आय व्यय सार्वजनिक

पोखरा १२, पुष, प्र्रथम पर्वतीय दौड प्रतियोगिता २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक प्रा.लि.को आयोजनामा गत असोज १२ गते पोखरामा आयोजना भएको उक्त प्रतियोगिताको प्रा.लि.ले आज(शुक्रबार) प्रेस विज्ञेप्ति मार्फत आय व्यय सार्वजनिक गरेको हो । विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवसको सन्र्दभमा खेल पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताबाट विभिन्न संघ संस्था तथा व्यक्तिबाट २ लाख ५८ हजार ७ सय ५२ रुपैया आम्दानी भएको भएको प्रा.लि.ले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न ४… पुरा पढौ

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

पुष १२,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ । शुक्रबार ४५ वर्ष माथि भएको मेन्स सिंगलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे । सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन पुगे । त्यस्तै कोरियाका जुजुमान किमले प्रकास बस्नेतलाई ६–३, ३–६ र सुपर टाईमा १०–७ ले पराजित गरे । सोही उमेर समुहका अन्य… पुरा पढौ

वुमन्स च्यालेन्जर कपको उपाधि टिम अकलालाई

पोखरा १२, पुष, पोखरामा सम्पन्न दोस्रो वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिताको उपाधि टिम अकलाले जितेको छ । राउन्डरोविन लिगको आधारमा भएको प्रतियोगितामा रनरेटमा टिम विन्ध्यवासिनी र भद्रकालीलाई पछि पार्दै अकला च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । चार टिम सहभागि तीन दिनसम्म चलेको प्रतियोगितामा टिम भद्रकाली, अकला र विन्ध्यवासिनीले समान ३ खेल खेल्दा २ जित र १ हार व्यहोर्दै समान ४–४ अंक प्राप्त ग¥यो । टिम… पुरा पढौ