
पोखरा १३, पुष,
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष एवं कास्की जिल्ला टेनिस संघका सस्थापक अध्यक्ष विनोद कायस्थ सम्मानित हुनु भएको छ । रेवान पोखराले टेनिस खेलको माध्यमबाट पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्पूर्ण योगदान दिएको भन्दै कायस्थालाई सम्मान गरिएको हो । २६ औं पोखरा सडक महोत्सवको उद्घाटन समारोहमा नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उहाँलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
कायस्थकैै नेतृत्वमा अन्य खेलकुदकर्मी तथा व्यवसायीक प्रतिष्ठानले हातेमालो गरेपछि अहिले पोखरा रंगशाला भित्र विभिन्न भौतिक विकास सहित ६ वटा टेनिस कोर्ट निर्माण भइसकेका छन् । कायस्थले ३० वर्ष अघि पृथ्की नारायण क्याम्पसबाट टेनिस खेलमा लाग्नु भएको थियो । २५ वर्ष अघि पोखरा–५ पस्र्याङमा आफ्नैं निजी खर्चमा उहाँले टेनिस कोर्टको निर्माण गर्नु भएको थियो जहाँबाट भेट्रान्स टेनिस प्रतियोगिताको समेत सुरुवात भएको हो ।
अहिले आइटीएफको अन्र्तराष्ट्रिय टेनिस खेल्न सयौं विदेशी खेलाडीहरु पोखरा आउने गरेका छन् । यसले यहाँको खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण टेवा पुर्याइरहेको पूर्व अध्यक्ष लोक बहादुर गुरुङले बताउनु भयो । रेवानले पर्यटन तथा खेल पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई यस अघि देखि नै सम्मान गर्दै आएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो ।