माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल सम्पन्न

-


     पोखरा क्लिक     
     पौष १३ गते २०८१ मा प्रकाशित


पुष १३,पोखरा,

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शनिबार विभिन्न उमेर समुह अन्तर्गत प्रि. क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । शनिबार मेन्स सिंगलतर्फ नेहाल जङ्गबहादुर थापाले ओजेन महर्जनलाई ६–०,६–० ले राजबिर प्रधानले शक्ति शर्मालाई ६–०,६–० ले सक्षम बिक्रम शाहले उगेन शेर्पालाई ६–३, ६–१ ले तथा आयुषमान हजुर घलेले शाश्वत बज्राचार्यलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाए ।

उमन्स सिंगलतर्फ स्वस्तिका बिष्टले जेनी खड्कालाई ६–१,६–३ ले, सुनिरा थापाले प्राज्ना मानन्दलाई ६–२ ,६–१ प्रकृती श्रेष्ठले भगवती बिकलाई ६–३, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सलोनी तामाङ यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेकी थिइन् ।

३५ वर्षमाथिको मेन्स सिङ्गलमा सिमान्त गुरुङले सञ्जय श्रेष्ठलाई ६–२, ६–२ ले सन्तोष खत्रीले विकास गुरुङलाई ६–३, ६–१ ले, गगन महर्जनले प्रकाश गुरुङलाई ६–२, ६–३ ले तथा भिष्मजंग गुरुङले सन्दुक के. लामालाई ६–०,६–० पराजित गर्दै क्वाटरफाइनलमा पुगेका छन् ।

४५ वर्षमाथिको सिङ्गलमा छेवाङ लामाले नारायण पहारीलाई, विकास गुरुङले बलराम सापकोटालाई, सुनिल श्रेष्ठले जुजुमान किमलाई तथा सन्दुक के. लामाले भीष्मराज पौडेललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पारे । ५५ वर्ष माथिको सिङ्गलमा विदुर बिष्टले पदम गुरुङलाई, रविन्द्रदास श्रेष्ठले, विष्णु गुरुङलाई पराजित गर्दै अन्तिमा चारमा पुग्न सफल भए ।

४५ वर्षमाथिको डबलमा गोपीबहादुर भट्टराई र धर्मबहादुर लामिछानेको जोडीले टी.तुलेश्वर र के.जयन्तको जोडीलाई ६–२, ६–२ ले तथा रोहित सुनुवार र भीष्मराज पौडेलको जोडीले केबी लामा र विष्णु बानियाको जोडीलाई ६–३, ६–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित बनाएका छन् ।



This will close in 20 seconds