क्यानका महानिर्देशक अधिकारीद्धारा पोखरेलीलाई कालिदास नवन्न आग्रह (भिडियो सहित), पोखराबाट चार्टर्ड फ्लाईट बढाउन क्यानको सुझाव

-


     पोखरा क्लिक     
     पौष १० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १०, पुष,

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई.प्रदिप अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालन गर्ने बिषयमा पोखरेलीलाई कालिदास नवन्न आग्रह गर्नु भएको छ । नाट्टा गण्डकीले बुधबार पोखराको टिका रिसोर्टमा आयोजना गरेको पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शिघ्र संचालन सम्बन्धमा आयोजित छलफल कार्यक्रममा वोल्दै उनले पोखरा विमानस्थल निर्माण भई नेपाल सरकारलाई हस्तान्तरण भई सकेको बिषयमा अनावश्यक तर्क कुर्तक नगर्न सुभाव दिदै कालिदास नवन्न पोखरेलीलाई आग्रह गर्नु भएको हो ।

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको ४÷४ गरी जम्मा ८ वटा अन्तराष्ट्रिय हवाई उडान गर्ने जहाज भएका कारण पोखरामा चाहेर पनि नियमिति रुपमा अन्तराष्ट्रिय हवाई उडान गर्न नसकेको क्यानले जनाएको छ । पोखराबाट न्यारो वडि (सानो तथा मझौला जहाज) उडान गर्न सकिने ४÷५ घण्टा दुरीमा पर्ने देशहरुबाट हाल पोखरेलीले चार्टर्ड फ्लाईट गर्न महानिर्देशक अधिकारीले सुझाव दिनु भयो । क्यानले हाल चाहेर पनि पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्न नसकेको बताउदै विभिन्न देशका एयरलाइन्स कम्पनीहरुलाई आकर्षण गर्न सुरुमा पोखरेलीले एक पटक खर्च गरेर चार्टर्ड फ्लाईट गर्न उहाँले सुझाव दिनुभयो ।

पोखरा र भैरहवाको विमानस्थल राज्यलाई आवश्यक भयर विमानस्थल निर्माण भएको तर यसलाई उचित ढंगले व्यबस्थापन गर्न नसक्दा काठमाण्डौं केन्द्रिय हुँदा एयर ट्राफिक बढी भएको महानिर्देशक अधिकारीले बताउनु भयो । पोखराले कुल ग्राहस्थ उत्पादनमा कति योगदान दिएको छ त्यसको आधारमा पोखराबाट अन्तराष्ट्रिय हवाइ उडानको लागि राज्यसंग उडान गर्न पोखरेलीले माग गर्नुपर्ने उहाँको आशय थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक हंशराज पाण्डेले वायु सेवा निगमहरूलाई विसोश्त पार्नु चुनौती रहेको बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देशमा ठुलो आर्थिक भार पर्न थालेकोले नियमित अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने उहाँले बताउनु भयो । क्यानका अर्को उप महानिर्देशक देवचन्द्रलाल कर्णले हिमालयन एयरले मार्च देखि पोखरा देखि लासासम्मको हवाई उडान गर्ने बताउनु भयो । चिनको सिचुवान एयरलाइन्सलाई समेत पोखराबाट अन्तराष्ट्रिय उडान गर्न पहल गर्ने उहाँले बताउनु भयो ।

नाट्टाका पूर्व अध्यक्ष वासुदेव त्रिपाठीले सबैको रोजाई पोखरा भएकोले यस क्षेत्रमा प्रयाप्त अन्तर्राष्ट्रिय हवाई उडानको लागि यात्रु हुने दाबी गर्नुभयो । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले दुवई र कतारमा पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडानको सम्भावना भएको दाबी गर्नु भयो । पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेलीहरूको धेरै सघर्ष गरेर बिमानस्थल निर्माण भए पनि उद्धेश्य अनुसार भई आन्तरिक उडानमा सिमित भएको बताउनु भयो । दुई बर्षसम्म आउदा पनि अन्तर्राष्ट्रिय हवाई उडान नहुदा आफुहरू निकै दुखि भएको जनाउदै उहाँले यस क्षेत्रको आर्थिक समृद्धि पर्यटन नै भएकोले यहाँको पर्यटन चलायमान बनाउन अन्तर्राष्ट्रिय हवाई उडान गर्नुपर्ने तर्क गर्नु भयो ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले यस क्षेत्रमा ८० वटा ट्राभल्स एजेन्सि रहेकोले पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न अपरिहार्य रहेको बताउनु भयो । पोखरा विमानस्थल संचालनको दुई बर्षमा ८÷९ वटा मात्र चार्टर्ड उडान हुनुले पोखरामा सम्भावना भएको दाबी गर्दै अब नियमित अन्तराष्ट्रिय हवाई उडान हुनुपर्ने नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष संगिता पौडेलले माग गर्नु भयो । कार्यक्रममा पर्यटन व्यवसायी तथा पत्रकारले पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्न क्यानलाई आग्रह गर्नु भएको थियो ।



This will close in 20 seconds