बीवाईडीको एमपीभी एम ६ पोखरामा सार्वजनिक, १ सय जना ग्राहकलाई चावी हस्तान्तरण

-


     पोखरा क्लिक     
     पौष १० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १०, पुष,

बहुचर्चीत विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले पर्यटनको राजधानी पोखरामा एमपीभी एम ६ गाडी सार्वजनिक गरेको छ । पोखराको पाँमे फाँटमा सुरु भएको बिवाईडी वेलुन महोत्सवको अवसरमा उक्त गाडकीको सार्वजनिक गरिएको हो ।

उक्त कम्पनीले देश भरका ग्राहकहरुलाई पोखरामा भेला गराई एक सातामा बुकिङ भएका १ सय वटा गाडी समेत ग्राहकहरुलाई चावी हस्तान्तरण गरेको छ । पोखरामा उक्त गाडीको मंगलबार र्याली समेत प्रर्दशनी गरिएको थियो । पोखराको बेलुन महोत्सव स्थल फेवाफाँट देखि खपैदी, लेकसाइड,न्यूरोड, महेन्द्रपुल, पृथ्बीचोक, पार्दी हुदै पोखरा होटल ग्राण्डसम्म उक्त र्याली प्रर्दशन गरिएको थियो ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी एम ६ नेपालमै पहिलो पटक पोखरामा सार्वजनिक गरेसंगै उक्त गाडी खरिदमा सिमित समयको लागि १ लाख ५० हजार सम्म छुटको व्यबस्था गरेको छ । उक्त गाडीको प्रारम्भिक मुल्य ६० लाख १५ हजार रुपैयाँ रहेको साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताउनु भयो । जलवायु परिवर्तनले गर्दा हाल कालोपत्थरको रुपमा देखिन लागेका हिमालहरु बचाउन पनि वातावरण मैत्रि गाडीहरुको विकल्पमा उक्त गाडी निकै उपयोग हुने उहाँको दाबी थियो । पर्यटन व्यवसायी, पारिवारिक र व्यापारिक परियोजनाको लागि उक्त गाडी निकै उपयोगी हुने निर्देशक श्रेष्ठको भनाई छ ।

एक सय किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्ज दिने भएकाले ड्राइभ र लङ रुटको यात्राका लागि प्रभावकारी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बताउनु भयो । अत्याधुनिक सुविधा भएको ७ सिटे प्रिमियम गाडीमा प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटी रहेको कम्पनीले जनाएको छ । व्यस्त दैनिकी भएकाहरुका लागि उपयुक्त रहेको यस गाडीमा एक सय १५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्ने र यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिने भएको छ । गाडीमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचर समेत रहेको अधिकृत श्रेष्ठले उल्लेख गर्नु भयो । १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, बीवाईडीको लेभल २ एडास टेक्नोलोजी, वायरलेस फोन चार्जिङ लगायतका सेवा गाडीमा रहेको उहाँले जनाउनु भयो । नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सकिएकाले पनि नेपाली बजारमा यस्को लोकप्रियता बढेको अधिकृत श्रेष्ठले दाबी गर्नु भयो । यही पुष १७ गतेसम्म पोखरामा संचालन हुने उक्त बेलुन महोत्सवमा बिवाईडीले मुख्य प्रायोजन गरेको छ ।