जिवनशैली पत्रिका

सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट

पोखरा, १० पुस, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना… पुरा पढौ

मेजर सुर्य बहादुर गुरुङ द्वारा सहारा बिद्यालयमा खाजा वितरण

पोखरा १०, पुष, पोखराको बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा व्रिटिस गोर्खाका मेजर सुर्य बहादुर गुरुङले विद्यालयमा अध्ययनरत २४० जना विद्यार्थीहरुलाई खाजा वितरण गरेका छन् । समाजसेवी मेजर गुरुङले उक्त कार्यक्रममा बोल्दै बालबालिकाहरुले एक वर्षमा हुने ३६५ दिनलाई विशेष रुपमा लिएर हरेक दिन नयाँ नयाँ ज्ञानगुनका कुरा सिकेमा सफल भविष्य निर्माणमा सहयोग पुग्ने धारणा राखे । पोखरा मनपा वडा नं ९ का कार्यबहाक अध्यक्ष नन्दराम गिरीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा गिरिले बोल्दै दाता प्रति धन्यवाद व्यक्त गर्दै विद्यालयमा स्थनीय… पुरा पढौ

चन्दा आतंक बन्द गरौंं ः एस पिओलिया

लेखनाथ, ९ पुस , जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने वताएका छन । मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एस पिओलियाले जिल्लामा चन्दा आतंक रोेक्न व्यवसायीहरु लाग्नुपर्ने वताए । उनले राज्यलाई नियमपुर्वक कर तिरि रहेका व्यवसायीहरुले विभिन्न बहानामा चन्दा दिन नहुने पनि वताए । एस पिओलियाले सुरक्षा र आर्थिक विकास अन्र्तसम्बन्धीत रहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने… पुरा पढौ

पोखरामा बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु (भिडियो सहित), फेवाफाँटमा रमझम

दीननाथ बराल,पोखरा ९, पुष, पोखराको फेवातालको सिरान भाग फेवाफाँट र लौरुक क्षेत्रमा यति वेला विभिन्न १५ देशका रंगि बिरङगी बेलुन उड्नाले पर्यटकलाई आकर्षण गरेको छ । पर्यटनको राजधानि पोखरामा आज (मंगलबार) देखि सुरु भएको बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ मा १५ देशका बेलुन पाइलटहरुले पोखराको आकाशमा बेलुन उडान गर्दा सो क्षेत्रमा पर्यटकहरुलाई आकर्षण गरेको हो । https://www.youtube.com/watch?v=iHzj1OwuSjw पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा उक्त महोत्सव सुरु… पुरा पढौ

छोम्रोङमा ११ गतेदेखि ‘सेन्चुरी ल्होसार मेला’

कास्की, ९ पुष , अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ ।तमु समुदायको महान् पर्व ल्होसार÷ल्होछारको अवसरमा यही पौष ११ गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका वरिष्ठ सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । उनले संस्कृतिको संरक्षण, खेल तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको ११ गतेदेखि मेला… पुरा पढौ

स्याङजाको कोल्मामा सम्पन्न पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

पोखरा ९, पुष, स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रिय स्तरको क्रसकन्ट्रीमा रावलले २५ किलो मिटर दुरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ५० हजार, ट्रफी र मेडल हात पारे । क्रसकन्ट्रीमा नेपाली सेनाकै टंक बहादुर कार्कीले… पुरा पढौ

क्षितिज र शोभाको जोडी क्वाटरफाईनलमा

पोखरा ९, पुष, क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाण्डौमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भए संगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको छ । क्वाटरफाइनलमा खनाल र गौचनको जोडीको भेट ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडी संग हुने भएको छ । थाईल्याण्डले खेलबाट आफ्नो नाम फिर्ता लिए पश्चात प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेका थिए ।आज सम्पन्न खेलमा खनाल र गौचनको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र… पुरा पढौ

नेपाल इन्टरनेशनल च्यालेन्ज सुरु, एकल तर्फ प्रिन्स र रसिलाको यात्रामा पूर्णविराम

काठमाण्डौं ८, पुष, नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ आजबाट सुरु भएको छ । योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको आजको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात गर्न सकेनन् । नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन दुवै एकल तर्फको खेलबाट बाहिरिएका छन् । प्रिन्स २२–२०, १२–२१, १३–२१ मा भारतका कविन थाङ्गम संग पराजित भएका हुन् । यस्तै रसिला महर्जन भारतीय खेलाडी अदिती भट्ट संग पराजित भईन् । रसिला भट्ट संग २१–११, २१–१४ को… पुरा पढौ

पोखरामा आन्तरिक पर्यटकको चहल पहलःबढ्दै

पोखरा ८, पुष, पोखरामा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । पोखरामा भोलि देखि सुरु हुने बिवाईडी अन्तराष्ट्रिय वेलुन फेष्टिभल सहितका अन्य महोत्सवहरु पोखरामा हुने र बुधबार क्रिशमस डे समेत परेकोले आन्तरिक पर्यटक पोखरामा आगमन बृद्धि हुन लागेको व्यवसायीहरुले बताए । पुरा पढौ

छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

पोखरा ८, पुष, छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको निशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ । शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले उद्घाटन गर्दै विद्यार्थी कालमा पढ्ने र जिवनमा उपयोग हुने सिप सिक्नु पर्ने वताउँदै आँखामा कुनै पनि समस्या देखिएमा आफै उपचार गर्न भन्दा अस्पतालमा गएर जाँच गरेर मात्र औषधि राख्नु पर्ने वताए । हिमालय आँखा अस्पतालका प्राविधिकहरु अर्सु… पुरा पढौ