जिवनशैली पत्रिका

तायाः मचा नृत्य प्रतियोगिताको उपाधि बागबजार बगर ताया मचा समितीलाई

दीननाथ बराल,पोखरा ८, भदौ, तायाः मचा नृत्य प्रतियोगिता २०८१ को उपाधि बागबजार बगर ताया मचा समितीले जितेको छ । पर्यटनको राजधानि पोखरामा आज( शनिबार) बेलुका सम्पन्न भएको तायाः मचा नृत्य प्रतियोगिता २०८१ मा १८ टोलीलाई पुरुष तर्फ पछि पार्दै बगर ताया मचाः समितिले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गरेको हो । त्यसै गरी प्रतियोगितामा रानिपौवा ताया मचा नाच समिति दोश्रो हुँदा गोपाल जि मन्दिर सेवा समिती, रामकृष्ण टोल तेश्रो भएको छ । शान्त्वना भने गैह्रापाटन नेवा समाज भएको… पुरा पढौ

पोखरामा तायाः मचा नृत्य प्रतियोगिताको रौनक (भिडियो सहित)

दीननाथ बराल,पोखरा ८, भदौ, पोखरामा आज( शनिबार) तायाः मचा नृत्य प्रतियोगिता २०८१ को रौनक जारी रहेको छ । नेवा खलः कास्कीको आह्वानमा पोखराको नयाँबजार साँस्कृतिक समितिको आयोजनामा उक्त प्रतियोगिता हालसम्म जारी रहेको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताउनु भयो । उक्त प्रतियोगितामा पोखरा सहित कास्कीका विभिन्न टोलबाट पुरुष तथा महिला तर्फ २७ टिम सहभागि भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा पुरुषतर्फको विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । त्यस गरी उपविजेताले २ लाख र तेश्रोले १ लाख र… पुरा पढौ

भ्रमण वर्षको अवसरमा कार्तिक महिनामा धार्मिक महोत्सव सञ्चालन हुन्छ प्रमुख दाहाल

चितवन, भदौ ८, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताउनुभएको छ । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बंगला दरबार सर्वसाधरणका लागि खुला गरिएको प्रमुख दाहालले बताउनुभयो ।भ्रमण वर्षमा थप पर्यटक भित्र्याउन कात्तिक महिनामा… पुरा पढौ

हाम्रो खुसी पाठ्यक्रम कक्षा शुभारम्भ, शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ मन्त्री भट्टराई

नवलपुर , भाद्र ८, शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी रहेको बताउनु भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको शनिबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राजनीति कस्तो बनाउने भनेर बहस हुने गरेपनि शिक्षाका बारेमा कमै मात्रमा बहस हुने गरेको बताउनुभयो । ‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर सङ्घर्ष गर्यौं, राजनीति कस्तो बनाउने भन्ने आन्दोलन गर्यौं , बहस गर्यौं, तर शिक्षा कस्तो बनाउने भन्ने बहस… पुरा पढौ

क्रिकेट संघ कास्कीका संस्थापक अध्यक्ष डा.विरेन्द्रसिंह गुरुङ सम्मानित, खेल क्षेत्रमा कम बजेट भएको गुनासो

दीननाथ बराल,पोखरा ८, भदौ, खेलकुद क्षेत्रमा कम बजेट विनियोजन हुँदा नेपाली खेलकुदले अपेक्षाकृत विकास गर्न नसकेको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गर्नु भएको छ । कास्की जिल्ला क्रिकेट संघ कास्कीको पाचौं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले खेल क्षेत्रमा कम बजेट विनियोजन भएकै कारण चाहेर पनि नेपाली खेलकुदको विकास गर्न नसकिएको दाबी गर्नु भएको हो । उक्त कार्यक्रमको शनिबार पोखरामा उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले ८ वटा विधामा गण्डकी पदक प्रदान गर्ने तयारी… पुरा पढौ

सामाजिक कार्यका लागि स्थानिय प्रशासनले संघ संस्थासंग सहकार्य गर्छ ः प्रजिअ पाण्डे

स्थानिय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले समाज सेवाका क्षेत्रमा लायन्स लगायतका संघ संस्थासंग सहकार्य गरेर अगाडी बढ्न स्थानिय प्रशासन तयार रहेको बताएका छन । लायन्स क्लव अफ पोखरा अन्नपूर्ण सहितका तीन वटा क्लवले आयोजना गरेको संयुक्त पदस्थापन समारोहको प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै प्रजिअ पाण्डेले दैविबिपक्ति लगायत समाज सेवामा सक्रिय लायन्ससंगको सहकार्यमा सामाजिक कार्य गर्न स्थानिय प्रशासन तयार रहेको बताएका हुन् । उनले बाढीपहिरो, भूकम्प, कोभिड संक्रमण लगायत विभिन्न आकस्मिकरुपमा हुने दैविप्रकोपमा लायन्स क्लवहरुले गरेको सहयोगको प्रशंसा गरे ।… पुरा पढौ

श्रीमदवीतक चर्चा संगै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण

पोखरा ८, भदौं पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने भक्तजनहरुलाई लक्षित गरी प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको आयोजनामा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममा ७५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा वोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्द्रमान महर्जनले महिलाहरुको पाठेघरको क्यान्सर हुनु अगावै पाठेघरको… पुरा पढौ

व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ अधिकारी

पोखरा ८ भाद्र , नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शनिबार पोखरामा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको वार्षिक साधारण सभा एवम् १२ औँ अधिवेशनको उद्‌घाटन गर्दै उनले व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा भने गर्न नहुनेमा सचेत गराए । ‘व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ, अस्वस्थ प्रतिष्पर्धा गर्नुहुँदैन’ उनले भने । स्वदेशी उत्पादनको उपयोगमा जोड दिएका उनले त्यसको प्रयोग गर्नको लागि ऐन नियमावली मार्फत परेका समस्या… पुरा पढौ

पोखराको सर्वेश्वर–पराजुली मार्गमा ‘दशैं उत्सव’ कार्यक्रम गरिने

पोखरा, भदौ ८, पोखराको सबैभन्दा सस्तो र ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा दशैं उत्सव कार्यक्रम गरिने भएको छ । चीन, भारत, थाइल्याण्डलगायतका देशबाट सिधै सामान ल्याएर काठमाडौं भन्दा सस्तो मूल्यमा होलसेल सामान बिक्री गर्दै आएका सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरु लक्षित गरेर ‘दशैं उत्सव’ कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको तयारी स्वरुप समितिले शुक्रबार साँझ स्थानिय व्यवसायीसँग छलफल तथा अन्र्तक्रिया गरेको छ । कार्यक्रममा दशैं उत्सवसँगै व्यापार प्रवद्र्धनका… पुरा पढौ

पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट

पोखरा, ८ भदौ, पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए । जोय ग्रुप द्वारा काठमान्डौको न्युरोडमा संचालीत जोय स्टोर्सको नयाँ शाखाको रुपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो । यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरुमा उपभोक्ताहरुको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ । जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीइ राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा… पुरा पढौ