
दीननाथ बराल,
पोखरा ८, भदौ,
तायाः मचा नृत्य प्रतियोगिता २०८१ को उपाधि बागबजार बगर ताया मचा समितीले जितेको छ । पर्यटनको राजधानि पोखरामा आज( शनिबार) बेलुका सम्पन्न भएको तायाः मचा नृत्य प्रतियोगिता २०८१ मा १८ टोलीलाई पुरुष तर्फ पछि पार्दै बगर ताया मचाः समितिले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गरेको हो । त्यसै गरी प्रतियोगितामा रानिपौवा ताया मचा नाच समिति दोश्रो हुँदा गोपाल जि मन्दिर सेवा समिती, रामकृष्ण टोल तेश्रो भएको छ । शान्त्वना भने गैह्रापाटन नेवा समाज भएको छ ।

त्यसै गरी महिला तर्फ भएको ताया मचा नृत्य प्रतियोगितामा लामाचौरको नेवा खल लामाचौर प्रथम, समाज कल्याण नेवा खल राजाको चौतारो दोश्रो र रुपा देउराली नेवा खल रुपा गाउँपालिका तेश्रो भएको छ । पुरुष तर्फको उपविजेताले २ लाख र तेश्रोले १ लाख र शान्त्वना हुनेले भने ३० हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिताको शम्भु संयोजक श्रेष्ठले जनाउनु भयो । प्रतियोगितामा पुरुष तर्फ १९ र महिला तर्फ भने ८ टिम मात्र सहभागि भएको थियो । त्यसै गरी महिला तर्फ भने विजेताले ४० हजार रुपैयाँ, उपविजताले २० हजार रुपैयाँ र तेश्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी प्रतियोगिहरुलाई पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले पुरस्कार वितरण गर्नु भएको थियो ।

नेवा खलः कास्कीको आह्वानमा पोखराको नयाँबजार साँस्कृतिक समितिको आयोजनामा उक्त प्रतियोगिता संचालन भएकोे प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताउनु भयो । उक्त पुरस्कारका लागि स्वर्गीय हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा रामकाजी श्रेष्ठ, रविन्द्र, शंकर र कविन्द्र श्रेष्ठले आर्थिक सहयोग गर्नुहुने भएको छ । गत बर्ष पोखराको रानिपौवामा प्रतियोगिया भएको थियो भने हरेक बर्ष पोखराको विभिन्न फरक स्थानमा तायाः मचा नृत्यको प्रतियोगिता हुँदै आइरहेको छ ।
२ सय बर्ष भन्दा पनि पुरानो इतिहास रहेको मौलिक एवं ऐतिहासिक तायाः मचा नृत्यले पोखराको संस्कृति पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नेवा खल कास्कीका अध्यक्ष असोक पालिखेले पोखराक्लिकलाई बताउनु भयो । २०५८ सालमा मुस्किलले ८ वटा समूहले तायाः मचा नृत्य प्रर्दशन गर्ने गरे पनि पछिल्लो सयमा यसको टिम सहभागिताको सङख्यामा बृद्धि भएको उहाँले जनाउनु भयो । भूमिका रहने बताउनु भयो । यसैबिच, उक्त प्रतियोगिताको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरा पर्यटन, खेलकुदसंगै कला संस्कृतिमा समेत धनि शहर भएको बताउनु भयो । तष्विरः योगेन्द्र श्रेष्ठ