दीननाथ बराल,
पोखरा ८, भदौ,
पोखरामा आज( शनिबार) तायाः मचा नृत्य प्रतियोगिता २०८१ को रौनक जारी रहेको छ । नेवा खलः कास्कीको आह्वानमा पोखराको नयाँबजार साँस्कृतिक समितिको आयोजनामा उक्त प्रतियोगिता हालसम्म जारी रहेको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
उक्त प्रतियोगितामा पोखरा सहित कास्कीका विभिन्न टोलबाट पुरुष तथा महिला तर्फ २७ टिम सहभागि भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा पुरुषतर्फको विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । त्यस गरी उपविजेताले २ लाख र तेश्रोले १ लाख र शान्त्वना हुनेले भने ३० हजार पुरस्कार प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाउनु भयो । प्रतियोगितामा पुरुष तर्फ १९ र महिला तर्फ भने ८ टिम मात्र सहभागि भएको छ ।
यसै सम्बन्धि भिडियो समाग्रि ।
त्यसै गरी महिला तर्फ भने विजेताले ४० हजार रुपैयाँ, उपविजताले २० हजार रुपैयाँ र तेश्रो हुनेले १० हजार रुपैयाँ पाउने भएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पुरुष भन्दा महिलाको टिम नै कम सहभागिता हुने भएकोले गर्दा महिलाको पुरस्कार राषिमा खासै बृद्धि गर्न नसकिएको आयोजकले जनाएको छ ।
उक्त पुरस्कारका लागि स्वर्गीय हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा रामकाजी श्रेष्ठ, रविन्द्र, शंकर र कविन्द्र श्रेष्ठले आर्थिक सहयोग गर्नुहुने भएको छ । गत बर्ष पोखराको रानिपौवामा प्रतियोगिया भएको थियो भने हरेक बर्ष पोखराको विभिन्न फरक स्थानमा तायाः मचा नृत्यको प्रतियोगिता हुँदै आइरहेको छ ।
२ सय बर्ष भन्दा पनि पुरानो इतिहास रहेको मौलिक एवं ऐतिहासिक तायाः मचा नृत्यले पोखराको संस्कृति पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नेवा खल कास्कीका अध्यक्ष असोक पालिखेले बताउनु भयो । २०५८ सालमा मुस्किलले ८ वटा समूहले तायाः मचा नृत्य प्रर्दशन गर्ने गरे पनि पछिल्लो सयमा यसको टिम सहभागिताको सङख्यामा बृद्धि भएको उहाँले जनाउनु भयो । पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पर्यटनका लागि कला सँस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उक्त प्रतियोगिताको अवसरमा नेवारी समुदायका खानाका परिकार सहितका अन्य खाना तथा खाजाका स्टलहरु रहेका छन्।
यसैबिच, उक्त प्रतियोगिताको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरा पर्यटन, खेलकुदसंगै कला संस्कृतिमा समेत धनि शहर भएको बताउनु भयो ।