चन्दा आतंक बन्द गरौंं ः एस पिओलिया

-


     पोखरा क्लिक     
     पौष ९ गते २०८१ मा प्रकाशित


लेखनाथ, ९ पुस ,

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने वताएका छन । मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एस पिओलियाले जिल्लामा चन्दा आतंक रोेक्न व्यवसायीहरु लाग्नुपर्ने वताए । उनले राज्यलाई नियमपुर्वक कर तिरि रहेका व्यवसायीहरुले विभिन्न बहानामा चन्दा दिन नहुने पनि वताए ।

एस पिओलियाले सुरक्षा र आर्थिक विकास अन्र्तसम्बन्धीत रहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने वताउँदै व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय कास्की सधैं तत्पर रहेको वताएका थिए । उनले चन्दा आतंक बाहेक पनि जिल्लामा चेक बाउन्सका मुद्धा, अनलाई स्क्याम, सवारी दुर्घटना हुने क्रम वढ्दो रहेको र जिल्ला भित्रिने नाकाहरुमा डिजिटल चेक पोष्टको आवश्यकता रहेको वताउँदै यसमा व्यवसायीहरुसँग मिलेर कामगर्ने प्रतिवद्धता व्यक्त गरेकाथिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क.लाई पनि स्वागत गरिएको थियो । उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगत देखी संघले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै व्यवसायीहरुका विभिन्न समस्याहरुका विषयमा जानकारी गराउँदै सहजीकरणको लागीआग्रह गरेकाथिए ।

यसै गरि संघका अध्यक्षविनोद श्रेष्ठले स्वागतएवं सफलकार्यकालको शुभकामनाव्यक्तगर्दै जिल्लामाशान्ति सु–व्यवस्थाराम्रो हुँदै गएको र यहि पुस १८ गतेदेखीआयोजनाहुने २०औं लेखनाथ महोत्सवमा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाईदिन आग्रह गरेका थिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका अधिकारीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।