मेजर सुर्य बहादुर गुरुङ द्वारा सहारा बिद्यालयमा खाजा वितरण

-


     पोखरा क्लिक     
     पौष १० गते २०८१ मा प्रकाशित


पोखरा १०, पुष,

पोखराको बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा व्रिटिस गोर्खाका मेजर सुर्य बहादुर गुरुङले विद्यालयमा अध्ययनरत २४० जना विद्यार्थीहरुलाई खाजा वितरण गरेका छन् । समाजसेवी मेजर गुरुङले उक्त कार्यक्रममा बोल्दै बालबालिकाहरुले एक वर्षमा हुने ३६५ दिनलाई विशेष रुपमा लिएर हरेक दिन नयाँ नयाँ ज्ञानगुनका कुरा सिकेमा सफल भविष्य निर्माणमा सहयोग पुग्ने धारणा राखे ।

पोखरा मनपा वडा नं ९ का कार्यबहाक अध्यक्ष नन्दराम गिरीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा गिरिले बोल्दै दाता प्रति धन्यवाद व्यक्त गर्दै विद्यालयमा स्थनीय तहसँगै सरोकारवालाहरुको चासोले थप उचाई हाँसिल हुन मद्दत पुग्ने बताए । कार्यक्रमको समापनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमका दाता गुरुङ परिवारलाई हार्दिक कृतज्ञताका साथ विद्यालयको अवस्था र परिवेशलाई प्रष्ट पारेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तब्य राखेकी थिइन भने शिक्षाप्रेमी महेश गुरुङले समसामयीक विषयमा आफ्ना शौक्षिक अनुभव सहित विद्यालयका सम्वन्धमा मन्तव्य राखेका थिए । विद्यालका सल्लाहकार, सहारा क्लबका अध्यक्ष र पूर्व अध्यक्षहरु, कार्यसमिति पदाधिकारीहरु, सहारा युकेका पदाधिकारीहरु, शिक्षाप्रेमी, सहयगी दाता गुरुङकी धर्मपत्नी र छोराछोरीहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक सुदिप कोइरालाले गरेका थिए ।