
काठमाण्डौं ८, पुष,
नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ आजबाट सुरु भएको छ । योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको आजको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात गर्न सकेनन् ।
नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन दुवै एकल तर्फको खेलबाट बाहिरिएका छन् । प्रिन्स २२–२०, १२–२१, १३–२१ मा भारतका कविन थाङ्गम संग पराजित भएका हुन् । यस्तै रसिला महर्जन भारतीय खेलाडी अदिती भट्ट संग पराजित भईन् । रसिला भट्ट संग २१–११, २१–१४ को सोझो सेटमा पराजित भएकी हुन् ।
योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको आजको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात गर्न सकेनन् । नेपालकी नम्बर एक खेलाडी रसिला महर्जन भारतीय खेलाडी अदिती भट्ट संग पराजित भईन् । रसिला भट्ट संग २१–११, २१–१४ को सोझो सेटमा पराजित भईन् । बिश्व ब्याडमिन्टन महासंघको मान्तयता प्राप्त च्याम्पिनयसिपमा पुरुष एकलको क्वालिफाईङ्ग राउण्डमा क्षितिज खनालले पहिलो चरणमा जित हात पार्दै केहि सुखद लक्षण देखाएका थिए । क्वालिफाईङ्गको पहिलो खेलमा भारतका चरन नायक खेलबतुलाई २१–१४, १७–२१, २१–१७ ले पराजित गरि सुखद सुरुवात गर्दै दोश्रो चरण प्रवेश गरेका खनाल दोश्रो चरणमा भारतकै सिद्धान्त सलार संग २१–१८, २१–८ ले पराजित हुँदै पुरुष एकल तर्फको खेल यात्रा टुङ्गाए ।
यस्तै क्वालिफाईङ्गकै अन्य खेलमा देव राना भारतका सिद्धान्त सलार संग २१–११, २१–११ को समान अन्तरले, भोज बहादुर गुरुङ्ग भारतका मोहितगोवाडा पालाक्षा संग २१–९, २१–१०, जीवन आचार्य भारतकै प्रणव राम नागालिङ्गम संग २१–१२, २१–१५, प्रफुल महर्जन बंगलादेशका खान्दोकर अब्दुस सोद संग २१–१५, २१–१८, अमन महर्जन भारतका अतुल जोन म्याथ्यु संग २१–१५, २१–९ ले तथा सुनिल जोशी श्रीलंकाका शेनुक समारत्ने संग २१–१८, २१–८ ले पराजित हुँदै एकल तर्फको यात्रामा पूर्णविराम लगाए । क्वालिफाईङ्ग राउण्डमा पुरुष एकल तर्फ श्रीलंकाका सेनुक समारत्ने, भारतका लोकेश बाबु रमेश, सिद्धान्त सलार, किरण कुमार मेकला, प्रज्वल सोनावाने, प्रणव राम नागालिङ्गम, आनन्दस राज कुमार, अभ्यान्स सिंह र हेमन्त ग्वाडा जित निकाल्दै मेन ड्रमा प्रवेश गरे ।
च्यालेन्जको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
पुरुष÷महिला एकल तथा युगल र मिक्स गरि ५ विधामा पाँच महादेशका २२ राष्टका १००७ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा नेपालको तर्फबाट ९ पुरुष र ७ महिला खेलाडीहरुको सहभागिता रहेको छ ।
१५ हजार अमेरिकी डलरको पुरस्कार रासी रहेको च्याम्पियनसिपमा सवै विधाका विजेता, उपविजेता, सेमिफाईनलिष्ट र क्वाटरफाईनलिष्टका खेलाडीहरुले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन् ।






