पोखरा वडा नं. १५ मा तेस्रो बृहत् खेलकुद महोत्सवमा फुटबलमा नयाँगाउँ च्याम्पियन, भलिबलको उपाधि तल्लो नयाँगाउँलाई

-


     पोखरा क्लिक     
     माघ ७ गते २०८१ मा प्रकाशित


पोखरा, ७ माघ,

पोखरा वडा नं. १५ माआयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडाकार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरण बहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारी लगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।

पुरूष फुटबल तर्फ नयाँगाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबल तर्फ तल्लो नयाँगाउँटोल विकास संस्था च्याम्पियन बनेको छ । बन विज्ञान क्याम्पसको खेल मैदानमा वडा बासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँगाउँले प्रतिभाटोल विकास संस्थालाई पराजित गरेको हो ।

पुरुष भलिबल तर्फ तल्लो नयाँगाउँटोल विकास संस्थाले चन्द्र सूर्य क्लबलाई हराएको हो । यस्तै महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकताआमा समूहलाई पराजित गर्दै उपाधिजितेको छ । विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो ।

युनी हक्की छात्र र छात्रा दुवै तर्फको उपाधि सेन्टफ्रान्सिस स्कूलले जित्यो । छात्र तर्फ सेन्टफ्रान्सिसले शुक्रराजबलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिकामाविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातफर्प ज्ञानकुञ्ज एकेडेमी तृतीय भए ।

महिला ब्याडमिन्टन सिंगल तर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृति कीगंगानापित दोस्रो भईने भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए ।

महिला ब्याडमिन्टनडबल तर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथमभए । मितेरी आमा समूहका चन्द«ातामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगमटोलकालक्ष्मीलामा र पुष्पा पन्त एवं एकताआमा समूहका सुशिला पुर्जा र लालीकुमारी खान तेस्रो बने ।

पुरू षब्याडमिन्टन सिंगल तर्फ तल्लो नयाँगाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाकायुवराज गुरूङ दोस्रो र कोलपाटनटोल विकास संस्थाका किरणआले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए ।

पुरूष ब्याडमिन्टन डबल तर्फ तल्लो सिमलबोट टोल किावस संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनी प्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्ण ब. गुरुङ र पूर्ण बहादुर जिसीतथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए ।

महिलारस्साकस्सीमाजनजागृतिआमा समूहप्रथम, संगमटोल आमा समूह दोस्रो बने ।

महिला सडक दौड ३ किमिमा ४८ जना सहभागीभएकोमाजनजागृतिकीपोम कुमारी बुढाप्रथम, संगमकी रुपाबरुलाल दोस्रो र एकताकीमोहनमाया राना तेस्रो बनिन् ।

पुरुष सडक दौड ५ किमितर्फ नयाँगाउँकाठाकुर बहादुर थापा प्रथम, कोलपाटनका ओमबहादृुर फोरजना दोस्रो र तल्लो नयाँगाउँका कुलबहादुर गुरुङ तेस्रो भए ।

छात्रा सडकदौड ३ किमिमा भ्यूप्वाइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशाकुँवर दोस्रो, सिद्धमाविकी श्रेया मगर तेस्रो बनिन् । छात्र ५ किमि दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हावर्ड एकेडेमीका मनिष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए ।

ह्विलचेयर दौडमा घनाघर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए । ह्वीलचेयर बास्केटबल माटीम ए रातो प्रथम र टीम बी निलो दोस्रो भए ।

छात्र साइक्लिङ १० किमितर्फ रत्नज्योतिमाविकामन्दिप केसी प्रथम, रत्न ज्योतिकै सरोज सारु मगर दोस्रो र सिद्धमाविकामनोजि बिक तेस्रो भए ।

विजेता, उपविजेता र तेस्रो हुनेहरुले नगद पुरस्कार सहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । समापनका अवसरमा खेल्छ गण्डकीमा आबद्धवडा स्थित बालबालिकाहरुलाई पोषणतत्वका लागि विभिन्न थरीका खाद्यान्न प्रदान गरिएको थियो । उक्त अवसरमा सहयोगीहरुलाई मायाको चिनो र प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।

समापन कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जुदेवी गुरुङले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भएपनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्रदिन सक्ने बताइन्।

वडाअध्यक्ष तोरण बानियाँले वडा नं. १५ ठूलो क्षेत्रफलमा फैलिएको र यस खेलकुद महोत्सवले वडावासीहरू बीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए।

महोत्सव संयोजक तथा वडा सदस्य आशिषभण्डारीले वडा स्तरीय खेलकुदमहोत्सवमा सहभागीभएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधिजित्दै वडाको गौरव बढाएको र यस कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

वडाअध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।