जिवनशैली पत्रिका

सुलभ दशै तिहार बम्पर उपहार राहुल थापालाई

पोखरा, ५ माघ, पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर लेकसाइडका राहुल थापाले जितेका छन् । जिल्ला विकास समितिका पुर्व सभापति रमेश भट्टराईले लक्की ड्र तान्दा ४५८७५ नम्बरको थापाको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर २६१८५ का सुमन श्रेष्ठलाई परेको छ । त्यसै गरी तेस्रो… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकको भीड

पोखरा ४, माघ, पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड वढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीढ बढ्दै गएको हो । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार वढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले… पुरा पढौ

कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु

पोखरा, ४ माघ, कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबार देखि नागीधार महोत्सव शुरु भएको छ । महोत्सव माघ ६ गते सम्म चल्ने छ । महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिक झाकि सहितको ¥याली निकालिएको थियो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव कोषेढु·ा सावित हुने बताए । ‘शहर केन्द्रीत महोत्सव धेरै हुने गरेका छन् तर तपाइहरुले आफ्नो गाँउको प्रचार… पुरा पढौ

फोनिज कास्कीको अध्यक्षमा बिनु मर्स्याङ्गीको नेतृत्व

पोखरा ४, माघ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (मर्स्याङ्गी) नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । फोनिज कास्कीका आज (शुक्रबार) पोखरामा सम्पन्न अधिवेसनले थापाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समितिको सर्वसम्वत रुपमा निर्वाचित गरेको हो । त्यसै गरी समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, विनिता राना (सोनु) र वर्षा गुरुङ चयन भएका छन् । बाँकी ४ सदस्य पछि… पुरा पढौ

पोखरामा ५ वटा इभी ब्राण्डको ‘एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ हुँदै

पोखरा ४, माघ, अटोमोबाइल क्षेत्रमा लामो समय देखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबार देखि देखि ७ गते सोमबारसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुनेछ । निसान, ओमोडाएन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिटमोटर्स प्रा.लि.’, तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एस.एस.एलमोटर्स कम्पनी’द्वारा आयोजनाहुने तीनदिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट–ड्राइभगर्न सक्नेछन् । साथै आकर्षक छुट तथाडिस्काउन्टको अवसर प्राप्तगर्नेछन् ।नेपाली… पुरा पढौ

लाईसेन्स ट्रायलमा सुजुकीको अल्टो हिरोहोण्डाको प्रयोग हुने, परिक्षार्थीका लागि थप सहज हुने

पोखरा ३, माघ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्की पोखरा देश भरकै व्यस्त एवं निरन्तर ट्रायल हुने र राजस्व सङ्कलन हुने कार्यालयमा पर्दछ । गण्डकी प्रदेशको राजधानी पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका साधन निःशुल्क र कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनी ट्रक, बस ट्रक लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम मूल्यमा ट्रायल दिने साधनहरू देश भर कै सस्तो र स्तरीय रहेको कार्यालयले जनाएको छ । युरो मापदण्डका नयाँ मोडलका गाडीहरू ट्रायलमा राखिएका छन् । पावर स्टेरिङ, एसी,… पुरा पढौ

लोक तथा दोहोरी गायक बद्री पंगेनीले पोखरा महोत्सवमा दर्शकलाई नचाए

पोखरा ३, पुष, संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन । प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने बद्री पंगेनीले पोखरा महोत्सवको आठौं दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखे । भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका पंगेनीले युवाहरु माझ लोकप्रिय बनेको चिना हेराउदा भन्ने गीत प्रस्तुत गर्दा दर्शहरु बद्री संगै झुमे । बद्रीले झ्याउरे, ससुराली लगायतका गीतहरु संगै दोहोरी समेत गाएका थिए… पुरा पढौ

एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

पोखरा, ३ माघ, नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल प्याव्सनको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । परिषद् बैठकले विधानका केही बुँदाहरूमा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ (ग) अनुसार, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । उक्त समितिको संयोजकमा सुवास न्यौपाने र पाण्डव हमाल ठकुरी… पुरा पढौ

सहारा बाल आधारभूत बिद्यालयमा रोटरी द्वारा न्यानो कपडा वितरण

पोखरा ३, माघ, पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा रोटरी क्लब पोखरा क्लब नं छण्छण्ठ ले न्यानो कपडा वितरण गरेको छ । क्लबका अध्यक्ष उर्दिप कुमार श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा ५० जना विशेष पारिवारिक अवस्थाका बालबालिकाहरुलाई स्वीटर वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले स्वागत मन्तव्यका क्रममा सहयोगी संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्दै विद्यालयलाई सदैव साथ र सहयोग प्रदान गरिदिन अनुरोध गरे । सोहि क्रममा थकालीले विद्यालयले विस्तारै भौतिक रुपमा सवलतातर्फ उन्मुख हुँदा खुसी हुदै… पुरा पढौ

पोखरा २, माघ, घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् । पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले सातौं ब्रेज मेश्रो अवार्ड प्रदान गरे । परियारलाई सातौं ब्रेज मेश्रो अवार्डसँगै सम्मानपत्र, दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए । घान्द्रुक… पुरा पढौ