
पोखरा ४, माघ,
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (मर्स्याङ्गी) नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । फोनिज कास्कीका आज (शुक्रबार) पोखरामा सम्पन्न अधिवेसनले थापाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समितिको सर्वसम्वत रुपमा निर्वाचित गरेको हो ।
त्यसै गरी समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, विनिता राना (सोनु) र वर्षा गुरुङ चयन भएका छन् । बाँकी ४ सदस्य पछि थप गरिने भएको छ ।
यसअघि अधिवेशनको फोनिज गण्डकीका ईञ्चार्ज मानबहादुर घर्ती (एमबी आस्था) र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा समाजसेवी कर्मकुमारी गुरुङले उद्घाटन गर्नु भएको थियो ।





