
पोखरा १२, माघ,
एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन
आर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ । पहिलो दिनको अन्तिम
खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा
भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।
पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५
ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा
पा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१
ले जित हासिल ग¥यो । त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका
कप्तानसँग छलफल गरी खेल स्थगित गरे । खराब प्रकाशका लागि खेल स्थगित गरिएको
हो । अब उक्त आइतबार गर्ने रेफ्रि थापाले बताए । ।।।पर्सिदेखि लिग सुरु हुन्छ
। भ्याएसम्म भोलि नै गर्ने हो । सुरुमा गर्ने कि कतिबेला गर्ने छलफल
भइराखेको छ,’ उनले भने ।
यसअघि भएको खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस
क्लबलाई ३–२ ले पराजित गरेको थियो । यस्तै आजै भएको पहिलो खेलमा शसस्त्र
प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब
थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं
संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका
खेल भने आइतबार हुनेछन् ।