पोखरा चिप्लेढुंगामा खुल्यो ‘ड्याडिज किचन’को चौथो शाखा (भिडियो) सहित

-


     पोखरा क्लिक     
     माघ ११ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ११, माघ,

पोखराको चिप्लेढुंगामा ‘ड्याडिज किचनको चौथो शाखा संचालनमा आएको छ । पोखरामा चौथो शाखाको रुपमा उक्त ड्याडिज किचन शुक्रबार देखि संचालनमा आएको ड्याडिज ग्रुपका अध्यक्ष एवं युवा व्यवसायी कमलजंग कुँवरले जनाउनु भयो । करिब १३ बर्ष अघि बुटवलबाट ठेला, फुड ट्रक, क्याफे हुदै संचालनमा आएको ड्याडिज किचनले हाल वुटवल सहित काठमाण्डौं र पोखरा गरी करिब २२ वटा शाखा संचालनमा ल्याएको उहाँले जनाउनु भयो ।

एक समारोहका बिच शुक्रबार चिप्लेढुंगाको ड्याडिज किचनको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षीया ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वाले संयुक्त रुपमा समुद्घाटन गर्नु भएको हो । करिब ४ करोडको लगानीमा उक्त ड्याडिज किचन संचालनमा ल्याएको अध्यक्ष कुँवरले जनाउनु भयो । कायापलट ल्याउँछौ स्वदेशमै युवा उद्यमशीलताको सम्मान गरौं भन्ने नाराका साथ आफुले देश भर करिब ७ सय जना युवाहरुलाई प्रत्यक्ष रोजगार दिएको उहाँले दाबी गर्नु भयो ।

पोखराकै विरौटामा फुड ट्रक, हिमाली टोलमा ड्याडीज किचन, सिमलचौरमा ड्याडिज एक्सप्रेस संचालनमा आएको छ । उद्घाटन अवसरमा ११ गते, शुक्रबार साँझ नै राष्ट्रिय कलाकार अस्मिता अधिकारी र महेश काफ्लेले समेत सांगीतिक प्रस्तुति राख्नुहुने कार्यक्रम रहेको छ । यस्तै, माघ १५ गतेसम्म क्रमशः हाँस्यकलाकार सन्दीप क्षेत्री, गायक एस. कुमार र कपिल पुन र नेशन पुनस मेतको प्रस्तुति रहने भएको छ ।

उक्त किचनमा नेपाली, इण्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना÷खाजा, फुड डेलिभरीको सुविधा, मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्यूजिक, वर्थ–डे लगायत विभिन्न कार्यक्रमहरुको सेलिब्रेसन, रमाइलो अनि आरामदायी वातावरण, आत्मीय सेवाको अनुभव, व्यवस्थित पार्किङ लगायत सुविधा रहेको अध्यक्ष कुवंरले जनाउनु भयो ।

रुपन्देही, कास्की र काठमाडौंका विभिन्न ठाउँमा २२ शाखाहरुमा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेन्ट तथा विभिन्न प्रतिष्ठित संस्थाहरुमा क्यान्टिन संचालित छन् । आगामी वर्ष सन् २०२५ मा भारतको राजधानी नयां दिल्लीबाट ड्याडिज किचन नामवाट थप सेवा विस्तार गर्ने योजना रहेको कुवंरले जनाउनु भयो । पोखरामै ४ शाखाहरुमा २ सय ७० जना भन्दा बढीलाई रोजगारको अवसर दिएको संस्थाले जनाएको छ । पोखरामा संदिप क्षेत्रीले करिब २ सय ५० जना कर्मचारीलाई ब्यबस्थापन गर्नु भएको छ । पार्किङको समेत प्राप्त सुविधा रहेको कुंवरले पोखराक्लिकलाई बताउनु भयो ।