पोखरा रंगशालाको फुटवल स्टेडिएममा फ्लट लाइट आवश्यकः मन्त्री गुरुङ

-


     पोखरा क्लिक     
     माघ १२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल
पोखरा १२, माघ

नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा रंगशालामा निर्माण भएको फुटवल स्टेडिएममा फ्लट लाइट आवश्यक भएको बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेश्रो अधिवेसन तथा छैटौ साधारण सभाबाट निर्वाचित अध्यक्ष मानबहादुर घर्ती मगर (एमबीआस्था) सहितको टिमलाई सपथ ग्रहण गराउदै मन्त्री गुरुङले पोखरामा देशकै नमुना फुटवल स्टेडिएम निर्माण भए पनि त्यसको रातिको समयमा समेत प्रयोग हुने गरी तत्काल फ्लट लाइटको व्यबस्था गर्नुपर्ने बताउनु भएको हो ।

दक्षिण एसियाली खेलकुद(साग) नेपालमा हुने अवसरमा १ अर्ब २८ करोडमा निर्माण भएको उक्त फुटवल स्टेडिएममा हाल छत र फ्लट लाइट हाल्न आवश्यक भएको उहाँको भनाई थियो । राज्यले लगानी गरे अनुसारको उक्त भौतिक संरचनालाई उचित ढंगले संरक्षण सहित प्रयोग गरी खेलाडी र खेलकुदको विकास गर्न आवश्यक भएको मन्त्री गुरुङको भनाई थियो। अर्ब बढी लगानी भएको संरचनामा १५ करोड लगानी गर्न किन ढिलाई भएको त्यसको बारेमा खेलपत्रकारले आवाज उठाउन उहाँको आग्रह गर्नु भयो ।

गण्डकी प्रदेशको राजधानि पोखरामा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने बिषयमा आफु गण्डकी प्रदेशको मुख्यमन्त्री हुदै कुरा गरे पनि त्यसको काम अझै पूरा नभएकोमा चिन्त्ता व्यक्त गर्नु भयो । पोखरा रंगशाला भित्रकै क्रिकेट मैदानलाई पनि अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन दबाब आवश्यक भएको मन्त्री गुरुङले जनाउनु भयो । पोखरा रंगशालालाई फ्रि वाईफाई जोन बनाउन पहल गर्ने मन्त्री गुरुङले जनाउनु भयो ।

सामाजिक संजाल प्रयोग संचालनको निम्ति यसको विधेयक पास गरि सकेको बताउदै उहाँले संचार क्षेत्रमा सबै भन्दा छिटो गर्नुपर्ने काम मध्य यो एक रहेको उहाँको भनाइं थियो । साइवर सुरक्षा अर्को आवश्यकता रहेको बताउदै मन्त्री गुरुङले साइबर सुरक्षा ऐन समेत ल्याउने जनाउनु भयो । उहाँले भन्नुभयो“सूचनाको हक ग्यारेन्टि हुनु पर्छ जनताले सहि, सत्य र ताजा समाचार प्राप्त गर्नुपर्छ, व्यापारीक संचार माध्यमहरुले भने शुसासन, जनताको सूचनाको हक र प्र्र्रेस स्वतन्त्रताको बिषयमा र सरकारलाई उत्तरदाहित्व बनाउने बिषयमा खासै मतलव गर्दैनन् । ” नेपाल टेलिभजिन र रेडियो नेपाल पब्लिक सर्भिस ब्रोकास्टिङ मोडलमा लैजाने मन्त्री गुरुङले बताउनु भयो ।

मञ्चको अध्यक्षमा ९ मत अन्तरले पछि परेका सुरज श्रेष्ठले मञ्चको संस्थागत विकास र हकहितको लागि सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष एमबीआस्थाले खेल पत्रकार सहित मञ्चको बृद्धि विकास इट्टा थप्ने काम गर्ने जनाए । बराल नेतृत्वको टिमले सुरु गरेको पत्रकार कल्याणकारी कोषमा एक बर्षमै १० लाख पुर्याउने लक्ष्य राखेका छन् । पहिलो बैठकमै अध्यक्ष एमबीआस्थाले आफ्नो व्यक्तिगत रुपमा २५ हजार पत्रकार अक्षयकोषमा सहयोग गर्ने घोषणा गरेको पोखराक्लिकलाइृ मञ्चले जनाएको छ । मञ्चका निवर्तमान अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वाचन कमिटिका संयोजक केशवराज बराल, सदस्य केशव पाठक लगायतले वोलेका थिए ।