पोखरा भ्रमण बर्षको उद्घाटनको क्रममा बेलुन फुटेर अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

-


     पोखरा क्लिक     
     फागुन ३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ३, माघ,

पोखरा भ्रमण बर्ष २०२५ को उद्घाटनको क्रममा बेलुन फुटेर आगो सल्किदा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते हुनु भएको छ । रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाज सहित बेलुन पट्कदै मन्त्री तथा मेयरको अनुहारमा आगोको ज्वालाले भेटेको हो ।

उहाँहरुको हाल पोखराको फिष्टेल हस्पिटलमा उपचार हुदैछ । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा आज केही समय अघि बेलुन फुटेर आगो लाग्दा उहाँहरु घाइते भएसंगै उद्घाटन समारोह केही प्रभावित भएको थियो ।

पोखरामा एक बर्ष भित्र आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको छ ।
पोखरा–९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा उक्त समारोह हाल जारी रहेको पोखरा महानगरले पोखराक्लिकलाई जनाएको छ । यस अघि पोखराका विभिन्न स्थानबाट र्याली निस्केको थियो ।