कास्की क्रिकेट लिगःसांग्रिला र पोखरा क्रिकेट विजयी

-


     पोखरा क्लिक     
     फागुन ३ गते २०८१ मा प्रकाशित


पोखरा, फागुन ३,

सांग्रिला क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई ७० रनले पराजित गर्दा पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सांग्रिला क्रिकेट क्लबले टस हार्दै व्याटिङको निम्तो पायो । तेस्रो नम्बरका सुदिप पौडेलमा ४५ रनको योगदानमा सांग्रिलाले १६४ रनको योगफल तयार पार्यो ।

३७ बल खेल्ने क्रममा ५ चौका र १ छक्का उनको स्कोर कार्डमा लेखियो । ओपनर विराट दुवाडीले २७ बलमा २७ रन बनाउँदै राम्रो शुरुवाती दिलाएका थिए । ३ चौका र १ छक्का उनले पनि प्रहार गरे । विपिन खत्रीले १८ बलमा ३२ रनको योगदान दिदाँ रिकेश गुप्ताले १६ बलमा २१ रनमा अविजित रहे । सिब्रिन श्रेष्ठले पनि १९ रन बनाई आउट भए । सुशिल सुवेदीले २ विकेट आफनो नाममा लेखाए ।

१६५ रनको लक्ष्य पछ्याएको लेखनाथ युथ क्रिकेट क्लबले भने ९४ रनमा समेटियो । विपिन खत्रीले ४ ओभरमा २ मेडन राख्दै ७ रन दिएर ५ विकेट लिएपछि लेखनाथको व्याटिङ निकै कमजोर बन्यो । दिपन बरालले १८, प्रताप थापाले २० रन बनाउँदै शुरुवाती राम्रो रह्यो । तर उनीहरु आउट भएपछि मध्यक्रमका व्याटरको योगदान देखिएन् । सातौ ंनम्बरमा आएका प्रताप तामाङले १५, आठौं नम्बरमा आएका सन्दीप शर्माले १६ रनको योगदान दिए । विपिन प्लेयर अफ दि म्याच घोषित भए ।

अर्को खेलमा सुवास भण्डारीको अर्धशतकीय पारीमा पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको छ । टस जितेको माछापुच्छ«ेले सुमित श्रेष्ठ र मनोज कोईरालाले पहिलो विकेटको लागि ७७ रनको साझेदारी निभाए । श्रेष्ठले ३८ रन बनाउँदा कोईराला भने चार रनले अर्धशतक पुरा गर्नबाट चुके । ४६ रन बनाई खेल्ने क्रममा मुस्कान थापाको बलमा आउट हुदै क्रिज छाडे । ३५ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए । प्रमोद भण्डारीले २० रन बनाए । अन्य व्याटरको प्रदर्शन उल्लेख्य नहुदाँ माछापुच्छ«ेले ६ विकेटको क्षतिमा १५२ रन बनायो । अनिष धामीले ३ विकेट लिए ।

१५३ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबको ओपनिङ खराब रह्यो । एक रन बनाउने क्रममा १ विकेट गुमाउन पुग्यो । दोस्रो विकेट पनि ९ रन बनाउँदा गुमाएपछि दबावमा पर्यो । तेस्रो नम्बरमा आएका अर्जुन बुढाथोकी र सुवास भण्डारीले इनिङ सम्हाल्ने क्रममा २१ र ५१ रनको बनाए । भण्डारीले ४३ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । प्रेम गुरुङले ३० रन बनाए भने अनिष धामीले २७ रन बनाई अविजित रहे । प्रमाद बास्तोलाले ३ विकेट लिए । खेलमा भण्डारी प्लेयर अफ दि म्याच घोषित भए ।