जिवनशैली पत्रिका

फेवातालमा बेपत्ता भएका युवाको शव भेटियो

दीननाथ बराल, पोखरा १२, असार, पोखराको फेवातालमा बेपत्ता भएका युवाको शव भेटिएको छ । बाग्लुङ्ग स्थायी घर भई हाल पोखरा–१८ खपौदी बस्दै आउनु भएको ३१ वर्षका सुक बहादुर मगरको आज पूर्वान्हः ५ः०० बजे फेवातालमा शव भेटिएको कालिका गण कास्कीका गणपति एसपि अरुण कुमार शर्माले बताउनु भयो । हर्पन खोलामा माछा मार्न जानु भएको उहाँ केही घण्टा देखि सम्पर्क विहिन भए पछि सबै तर्फ खोजीकार्य हुदा फेवातालमा रहेको एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले बेपत्ता भएका मगरको… पुरा पढौ

पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

पोखरा, १२ असार, पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको लेखक सापकोटाले बताए । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए । नेपाल… पुरा पढौ

गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवलाई

दीननाथ बराल, पोखरा १२, असार, त्रिभुवन आर्मी क्लवले पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा बुधबार भएको फाइनल खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । आर्मीको जितमा प्रदिप राजवंशीले ४ गोल र दिपेन्द्र अयरले १ गोलको योगदान दिनु भएको हो । पुलिसका रोमन रानाले शान्त्वना एक गोल गर्नु भएको थियो । प्रतियोगिताको फाइनल खेलमा आर्मीका मनोज चौधरी म्यान अफ दी… पुरा पढौ

१९ औं असारे रोपाई महोत्सवमा भलिवल सहितका खेलकुद गतिविधि हुने

दीननाथ बराल,पोखरा १२, असार, १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा हिलोमा भलिवल सहितका विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । हिलोमा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । रस्सा कसी तर्फको प्रतियोगिताको विजेतालाई ५… पुरा पढौ

पहिरोमा पुरिएर पोखरा सहित कास्कीमा २ जनाको मृत्यु एक घाइते

दीननाथ बराल,पोखरा १२, असार, मंगलबार बेलुका देखि परेको अविरल बर्षाको कारण पोखरा सहित कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै जना बालबालिका रहनु भएको छ । बर्षाका कारण पहिरोमा परी पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटाका ३ बर्षीय बालक अनमोल सुनार र कास्की मादी गाँउपालिका वडा नं. ५ चितेपानी बस्ने १३ बर्षीया बालिका आयुस्मा रानाभाटको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले बताउनु भयो । पोखरा २७ का स्थानिय हरी सुनारको ढुङ्गा माटोले बनेको २ कोठाको… पुरा पढौ

पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने

पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ ।उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो… पुरा पढौ

तीन देशको भ्रमण पश्चात टेवान टोली पोखरा फर्कियो

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोली पोखराको प्रचार गर्दै विदेश यात्राबाट फर्किएको छ । थाइल्याण्ड, सिंगापुर र मलेसिया पुगेको टेवानले पोखराको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरि फर्किएको हो । पोखरा पर्यटनको राजधानी घोषणा भएपछि स्वदेशसँग विदेशमा पनि पोखराको प्रवद्र्धन गरिनुपर्ने आवश्यकता रहेकाले कार्यक्रम गरिएको टेवानका अध्यक्ष कमला गिरिले बताइन् । उनले यात्राले पोखराको प्रचार गर्नुका साथै अन्तर्राष्ट्रिय रुपमा पर्यटन व्यवसायी महिलाका लागि व्यवसायिक साझेदारीका लागि बाटो पनि खुलेको सुनाइन् । थाइल्याण्डको बैंकक स्थित नेपाली राजदूतावासमा भेटघाट तथा पोखराको पर्यटनमाथि अन्तरक्रिया… पुरा पढौ

अन्नपूर्णको बजेट ५८ करोड ९५ लाख

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आउदो बर्षको लागि ५८ करोड ९५ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले चालु तर्फ ४२ करोड ५१ लाख ६३ हजार र पूंजिगत तर्फ भने १६ करोड ४४ लाखको बजेत प्रस्तुतः गरिन् । चालु आर्थिक बर्षमा अन्नपूर्णले ५८ करोड ७८ लाख बजेट विनियोजन गरेको थियो । यस अघि पालिका अध्यक्ष बिष्णु बहादुर केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटको पूर्णपाठ सहित । annapurna-baject-11Download पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको बजेट ६९ करोड १ लाख

कास्कीको मादी गाउँपालिकाले आउँदो आर्थिक बर्षको लागि ३ करोड २६ लाख चालु आर्थिक बर्षको भन्दा कम बजेट प्रस्ताव गरेको छ । पालिकाले आउदो बर्षको लागि ६९ करोड १ लाखको बजेट प्रस्ताव गरेको उपाध्यक्ष कल्पना गुरुङले बताइन् । चालु आर्थिक बर्षमा पालिकाले ७२ करोड २७ लाखको बजेट विनियोजन गरेको थियो । यस अघि पालिकाको नीति तथा कार्यक्रम पालिका अध्यक्ष देविजंग गुरुङले प्रस्तुतः गरेका थिए । बजेटको पूर्णपाठ सहित । बजेट-वक्तव्य-आ.ब-२०८१-८२-madiDownload पुरा पढौ

पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा विभागीय टोली हावी

पोखरा, ११ असार, पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए । यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित… पुरा पढौ