पहिरोमा पुरिएर पोखरा सहित कास्कीमा २ जनाको मृत्यु एक घाइते

-


     पोखरा क्लिक     
     असार १२ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १२, असार,

मंगलबार बेलुका देखि परेको अविरल बर्षाको कारण पोखरा सहित कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै जना बालबालिका रहनु भएको छ । बर्षाका कारण पहिरोमा परी पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटाका ३ बर्षीय बालक अनमोल सुनार र कास्की मादी गाँउपालिका वडा नं. ५ चितेपानी बस्ने १३ बर्षीया बालिका आयुस्मा रानाभाटको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले बताउनु भयो ।

पोखरा २७ का स्थानिय हरी सुनारको ढुङ्गा माटोले बनेको २ कोठाको कच्ची घर अविरल बर्षाको कारणले माथीबाट पहिरो आई भत्किदा बालिका सुनारको मृत्यु भएको छ भने हरी सुनारको श्रीमती २७ बर्षकी रितु सुनार घाईते हुनु भएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । उहाँ गम्भिर रुपमा घाइते हुनु भएको प्रहरीले जनाएको छ । हरी सुनार र छोरी ९ बर्षकी अंजली सुनारको सकुसल उद्दार गरिएको स्थानियले जनाउनु भयो ।

त्यसै गरी बर्षाका कारण कास्की मादी गाँउपालिका वडा नं. ५ चितेपानी बस्ने १३ बर्षीया बालिका आयुस्मा रानाभाटको मोटोको ढिस्कोले पुरिएर मृत्यु भएको स्थानियले जनाउनु भयो । स्थानिय प्रकाश रानाभाटको व्लक र टिनले बनेको ३ कोठे घरको पछाडी पट्टीको माटोको ढिस्को खस्न गई घरको पछाडी पट्टीको भाग भत्किदा रानाभाटको घटना स्थलमै मृत्यु भएको प्रहरीले पोखराक्लिकलाई उल्लेख गर्नु भयोे । उहाँकी ७० वर्षीया हजुरआमा लालमाया बन्जारीलाई सकुसल उद्धार गरीएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले बताउनु भयो । उक्त घटना हुन साथ स्थानिय र इलाका प्रहरी कार्यालय शिसुवाकास्कीबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।

म्ांगलबार बेलुका देखि पोखरा सहित कास्कीमा अविरद रुपमा परेको पानी यो समाचार तयार पार्दा (बिहान ८ः३० बजेसम्म अरिवर पानी ) परेकोले सर्तक रहन आग्रह गरिएको छ । पोखराको पृथ्बीराजमार्ग अन्र्तगत चाउथे क्षेत्रमा सडक भाषिएको प्रहरीले जनाएको छ । बैकल्पिक बाटो खुलाएसंगै सडक भने एक तर्फी संचालन भएको छ ।