
दीननाथ बराल,
पोखरा १२, असार,
पोखराको फेवातालमा बेपत्ता भएका युवाको शव भेटिएको छ । बाग्लुङ्ग स्थायी घर भई हाल पोखरा–१८ खपौदी बस्दै आउनु भएको ३१ वर्षका सुक बहादुर मगरको आज पूर्वान्हः ५ः०० बजे फेवातालमा शव भेटिएको कालिका गण कास्कीका गणपति एसपि अरुण कुमार शर्माले बताउनु भयो ।
हर्पन खोलामा माछा मार्न जानु भएको उहाँ केही घण्टा देखि सम्पर्क विहिन भए पछि सबै तर्फ खोजीकार्य हुदा फेवातालमा रहेको एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले बेपत्ता भएका मगरको फेवातालबाट शव निकालेको हो ।
मगरको शव पोष्टमाटमको लागि हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा राखिएको एसपि शर्माले जनाउनु भयो ।