स्वास्थ्य

पोखरामा पनि जनैपूर्णिमा पर्व मनाइयो, रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह २०८१ सम्पन्न

दीननाथ बराल,पोखरा ३, भदौं, पवित्रता, स्नेह, शान्ति तथा अवगुणहरुबाट रक्षाको प्रतीक पावन पर्व रक्षाबन्धनको शुभ अवसरमा आयोजित रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह ओम् शान्ति भवन क्षेत्रीय कार्यालय पोखरा नयाँबजारमा सम्पन्न भएको छ । ब्रह्माकुमारी ई।वि।वि। नेपालका निर्देशक बालब्रह्माचारिणी राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीबाट रक्षासूत्र ग्रहण गराइएको उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट सहित अन्य सहभागि हुनु भएको थियो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा, रक्षासूत्र ग्रहण गर्नको लागि पोखरा महानगरपालिकाका उप… पुरा पढौ

पोखरा महानगरको अनुगमन २ लाख ५५ हजार जरिवाना, २१९ केजी माछा र १५ केजी मासुु नष्ट

पोखरा, भदौ २ गते पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुुज जन्य तथा खाद्यय सामग्री बिक्री वितरण भैरहेको जनगुुनासो आएपछि अनुुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुुनासो आएपछि पहिलो चरणमा माछा र मासुुमा अनुुगमन सुरु गरिएको हो । महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुुगमन गरेको हो । अनुुगमनका क्रममा कुहिएर खाना योग्य… पुरा पढौ

नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा

पोखरा २, भदौं, नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन पोखरा पाँचौ इकाई अधिबेशनले निरोज खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब हिमाल पौडेल सह(सचिब राजन बाबू ढुंगाना र कोषाध्यक्षमा बिनाय श्रेष्ठ , सह (कोषाध्यक्षमा उत्तम सुबेदि चयन भएका छन्। यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ , रेशम बिष्ट चयन भएका छन । कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका उपाध्यक्ष डा।… पुरा पढौ

२२ दिनमा पोखरामा डेंगु संक्रमणबाट एक महिला सहित तीन जनाको मृत्यु

दीननाथ बराल,पोखरा १, भदौं, २२ दिनमा पोखरामा डेंगु संक्रमणबाट एक महिला सहित तीन जनाको मृत्यु भएको छ । गत साउनको १० देखि ३१ गते सम्म पोखराका विभिन्न अस्पतालमा उपचार हुदै गरेका डेंगु संक्रमणका एक महिला सहित ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ । पोखराको फिष्टेल हस्पिटलमा पोखरा ५, प्रस्र्याङ बस्ने ५२ बर्षकी एक महिलाको डेंगु शंक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले बताउनु भयो । त्यसै गरी पोखरा १२ बस्ने ४० बर्षका… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रेट्रोफिटिङ भएका केही भवन हस्तान्तरण नहुँदा दैनिक १ सय ५० जना सेवाग्राही प्रभावित

दीननाथ बराल,पोखरा ३२, साउन, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रेट्रोफिटिङ भएका केही भवन हस्तान्तरण नहुँदा दैनिक जसो १ सय ५० जना सेवाग्राही प्रभावित हुनु भएको छ । अस्पतालमा दातृ निकाय बेलायत सरकार (डिएफआइडी) ले दिइएको आर्थिक तथा प्राविधिक सहयोग रोकिएपछि हाल केही रेट्रोफिटिङ भएका भवनहरु समयमै हस्तान्तरण हुन नसक्दा दैनिक १ सय ५० जनालाई वेड(शैया) उपलब्ध गराउन नसक्दा अस्पतालको विभिन्न सेवाबाट बन्चित हुनु परेको अस्पताल श्रोतले जनाएको छ । गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पताल जहाँ हाल ३ सय ८० शैया संचालन भए… पुरा पढौ

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

पोखरा ३२, साउन, नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो । प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको… पुरा पढौ

सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो ः मन्त्री थापा

पोखरा ३२, साउन, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे । “सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न… पुरा पढौ

पोखराको क्याटवाक क्लवले दोस्रो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने

पोखरा ३१, साउन पोखराको क्याटवाक क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । बार्षिकोत्सवको अवसरमा रंक्तदान तथा निःशुल्क आँखा परिक्षण लगायतका कार्यक्रम गर्ने भएको हो । पछिल्लो समयमा निकै चर्चामा रहेको तथा युवा पुस्ताको रोजाइमा परेको क्याटवाक क्लबले भदौ १ गते रक्तदानसँगै निःशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न भएको क्लवले जनाएको छ । क्याटवाकले यस अघि विभिन्न सामाजिक कार्यक्रममा सरिक हुदै सहयोग गर्दै आएको छ । पुरा पढौ

मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’

पोखराः ३०, साउन, हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् । मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज ९बिहीबार० निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना ९विरेन्द्र० र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । सातौ संस्करणको मिस मगर नेपालमा… पुरा पढौ

भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व ः मन्त्री थापा

पोखरा ३०, साउन, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने । नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै… पुरा पढौ