स्वास्थ्य

ओझेलमा परेका तिर्थस्थल चिनाउन पोखरामा कोटि होम हुने

पोखरा, १७ भदौ, पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ । आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्री सहितको विराट धन धान्याञ्चल कोटी होम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो । सोमबार कोटी होमबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशक पछि पोखरामा कोटी होम हुन लागेको बताए । पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमिहुँदै जाँदापोखरा… पुरा पढौ

गण्डकी प्रदेशमा एमालेका ४ मन्त्रीद्धारा सपथ ग्रहण

दीननाथ बराल,पोखरा, १७ भदौ, गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्रीहरु नियुक्त भएसंगै उहाँहरुले आज नै सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार मन्त्री नियुक्त गरेसंगै सोमबार नै उहाँहरुले सपथ ग्रहण गर्नु भएको हो । उहाँहरुलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको कार्यालयको सभा हलमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइएको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीको उपस्थितिमा पद तथा… पुरा पढौ

ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने

पोखरा १३ भदौं, पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मुल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी वाँनियाले जानकारी दिनुभयो । परम्परागत रूपमा हुदै आइरहेको तिज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकोमा क्लवले मेला संचालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा वडाभित्रका आमा समुहलाई नै आयोजक र सह आयोजकको… पुरा पढौ

नेलम्बो नेपालको प्राविधिक सहयोगमा सहारामा निःशुल्क दन्त शिविर

पोखरा १३, भदौं, पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेलम्बो नेपालको प्राविधिक सहयोगमा चार दिने निःशुल्क दन्त शिविर जारी रहेको छ । “स्वस्थ दाँत स्वस्थ जीवन” भन्‍ने नाराका साथ सञ्‍चालन भएको कार्यक्रमको समन्वय पोखरा महानगरपालिका सहरी स्वास्थ्य केन्द्र वडा नम्बर ९, ले गरेको हो। शुक्रबार सम्म चल्ने कार्यक्रमको उद्‍घाटनका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले दाँतको स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यता पनि जोडेको हुँदा बालबालिकाहरूलाई यस किसिमको कार्यक्रम विद्यालयमा नेलम्बो नेपाल मार्फत दन्त शिविर सञ्‍चालन गर्न पाउँदा खुसी व्यक्त… पुरा पढौ

‘स्पा पर्यटनको अभिन्न अंग’

पोखरा, भदौ ११, गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर खाने कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै उनले भनिन्,‘पोखरा पर्यटनको राजधानी हो । यहाँ आउने प्राय पर्यटक साहसिक खेलकुदका लागि आउँछन् । अनि खेलेर थाकेपछि शरिरलाई पुर्नताजगी बनाउन स्पा महत्वपूर्ण छ ।’ उनले स्पालाई व्यवसायीकरण गर्न सकेमा आम्दानीको राम्रो श्रोत बनाउन सकिने बताईन् ।… पुरा पढौ

गण्डकी रेन्वो ट्राउट फार्मका संचालक गुरुङको सहयोग सहित महायज्ञमा ३८ लाख संकलन

दीननाथ बराल,पोखरा १०, भदौं, कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यले आयोजित महायज्ञमा हालसम्म ३८ लाख ५१ हजार आर्थिक सहयोग संकलन भएको छ । श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ को आज पाँचौं दिन (सोमबार) सम्म ३८ लाख ५१ हजार ४ सय ५१ रुपैया संकलन भएको माछापुच्छ«्रे गाउँपालिका–२ का वडाध्यक्ष तथा प्रवक्ता एवं महायज्ञका सहसंरक्षक गणेश आचार्यले बताउनु भयो । महायज्ञमा सोमबार श्रीकृष्ण जन्मष्टमी पर्वको अवसरमा गण्डकी… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन

पोखरा १०, भदौं, श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले पहिलो रक्तदाता मिलन केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले विभिन्न… पुरा पढौ

लेकसाइड पुगेर खुल्ला चौरमै दिदी बहिनीले यसरी दर खादै (डिभियो सहित)

पोखरा ९, भदौ, पोखराको लेकसाइडमै पुगेर खुला चौरमा गिता जुम्बा क्लासको टिमले तिजको गित गाउदै दर समेत खादै । आइतबार पोखराको केदारेश्वर महादेव मणि आश्रम मन्दिरको परिसरमा रहेको खुल्ला चौरमा दर खादै जुम्बा टिम । आफुहरुले नेपाली परम्परा अनुसारकै तिजको पर्वको अवसरमा दर खाने कार्यक्रममा जुटेको संस्थाका अध्यक्ष गिता पंगेनीले बताउनु भयो । साथै उहाँहरुले वालुवा वोक्ने केही श्रमिक महिलाहरुलाई समेत दर खुवाउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=ouGM_JVndyU पुरा पढौ

काहुँखोला भाट समाजको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा ९, भदौं, पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोला भाट समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । पोखरा १३ का निवर्तमान वडा अध्यक्ष दर्शन लामाले पहिलो रक्तदाता गोकुल बहादुर रानाभाटलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै काहुँखोला भाट समाज स्थापना काल देखि नै सामाजिक सेवामा सक्रिय रहेको वताउँदै आगामि दिनहरुमा पनि सक्रिय रहन आग्रह गरेका थिए । उनले रक्तदान भन्दा ठुलो कुनै परोपकार नभएको वताउँदै रक्तदान दिन मिल्ने सबैले रक्तदान गर्नुपर्ने वताए । सो… पुरा पढौ

श्रीमदवीतक चर्चा संगै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण

पोखरा ८, भदौं पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने भक्तजनहरुलाई लक्षित गरी प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको आयोजनामा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममा ७५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा वोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्द्रमान महर्जनले महिलाहरुको पाठेघरको क्यान्सर हुनु अगावै पाठेघरको… पुरा पढौ