सहारा क्लव अष्ट्रेलियाका अध्यक्ष थकालीको निधन

-


     पोखरा क्लिक     
     भाद्र २२ गते २०८१ मा प्रकाशित


पोखरा २२, भदौ,

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष एवं समाजसेवी राजमान थकालीको निधन भएको छ । ५० बर्षीय थकालीको शनिबार अस्ट्रेलियामा निधन भएको उहाँको आफन्तले जनाउनु भएको हो । लामो समयदेखि उहाँ फोक्सोको रोगबाट प्रभावित भएको सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले बताउनु भयो ।

उहाँकी आमा पोखरा नागढुंगामा बस्दै आउनु भएको छ भने उहाँकी श्रीमती र २ जना छोराहरु अस्ट्रेलियामा हुनुहुन्छ ।
पोखराको सभागृहचोक स्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित हिमा अस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसेर ब्यवसाय सगैं खेलकुद र सामाजिक कृयाकलापमा लंगल्नु हुनु भएको थियो ।

सहारा क्लव अस्ट्रेलियाका संस्थापक अध्यक्ष समेत रहनु भएको थकालीको निधनले सिंगो खेलकुद क्षेत्रलाई अपूर्ण क्षती पुगेको खेलकुदकर्मीले बताउनु भएको छ । सहारा क्लव पोखराले उक्त घटना प्रति गहिरो दुःख व्यक्त गर्दै थकाली प्रति श्रद्धान्जली सहित परिवारजनमा समवेदन व्यक्त गरेको छ ।