स्वास्थ्य

विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनि सडक महोत्सव देखि पर्वतीय दौडसम्मका कार्यक्रम हुने

दीननाथ बराल, पोखरा ८, असोज, यस बर्षको ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनि सडक महोत्सव देखि पुम्दी भुम्दीमा पर्वतीय दौड प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको छ । पोखरा पर्यटन परिषदको समन्वयमा विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पर्यटन मन्त्री सहित सातै प्रदेशका पर्यटन मन्त्रीहरुको बैठक, मिनि सडक महोत्सव देखि पुम्दी भुम्दीमा पर्वतीय दौड प्रतियोगिता लगायतका कार्यक्रम गरि उक्त दिवस मनाईने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । पर्यटन दिवसको अवसरमा पोखरा क्षेत्र केन्द्रित हुने गरी… पुरा पढौ

पर्वतीय दौड प्रतियोगितामा सहभागी हुने आज अन्तिम दिन

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगितामा सहभागी हुनका लागि नाम दर्ता गराउने आज अन्तिम दिन रहेको छ । विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर पुम्दीभुम्दीमा पहिलो पटक आयोजना गरिएको उक्त दौडमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावक सहभागी हुने भएका छन् । प्रतियोगितामा सहभागी हुनका लागि मङ्गलवार राती १२ बजेसम्म अनलाइन फर्म भर्ने समय रहेको हुँदा अझै सहभागीको संख्या बढ्न सक्ने सम्भावना पर्याप्त देखिएको कार्यक्रम संयोजक दीननाथ बराल बताउँछन् । उक्त प्रतियोगिता सफल पार्नका लागि पोखरा क्लिक सञ्चार… पुरा पढौ

पोखरा रोयलको २३ औं वार्षिक साधारण सभा सम्पन्न, ९.४८% लाभांश दिने

पोखरा ७, असोज, “सुखी सदस्य, दिगो सहकारी” को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारी क्षेत्रमा देखिएको समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्तावर सदस्यहरुलाई ९.४८% शेयर लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यसैगरि कारोबारको आधारमा बचत तर्फको कारोबारमा २.१३ प्रतिशत र ऋणतर्फको कारोबारमा २.२३ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तीन वटा एकाई सभाहरु… पुरा पढौ

पोखरा लेकसाइडको केयर मार्क हस्पिटलको रक्तदान कार्यक्रमबाट १०१ यूनिट रंक्त संकलन

दीननाथ बराल, पोखरा ६, असोज, पोखरा लेकसाइडको केयर मार्क हस्पिटलको खुल्ला रंक्तदान कार्यक्रम २०८१ बाट १०१ यूनिट रंक्त संकलन भएको छ । पोखराको लेकसाइडमा रहेको उक्त हस्पिटलको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रंक्तदान कार्यक्रमबाट उक्त यूनिट रंक्त संकलन भएको हस्पिटलका अध्यक्ष जितु गुरुङले बताउनु भयो । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले पहिलो रंक्तदाता सृष्टि शाही ठकुरीलाई व्लड व्याग हस्तान्तरण गर्दै पोखराको पर्यटकीय गन्तव्य लेकसाइडमा उक्त हस्पिटलले गुणस्तरिय सेवा दिएकोमा प्रशंसा गर्नुभयो ।… पुरा पढौ

भ्यू फेवा राउन्ड फेवा रुटमा टानको सरसफाई

पोखरा ५, असोज ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान) गण्डकीले शनिबार पोखरामा सरसफाई गरेको छ । भ्यू फेवा राउन्ड फेवा रुट (ड्यामसाइड) को दिगो प्रवर्द्धनको उद्दस्यले बृहत् सरसफाइ कार्यक्रम आयोाजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनु भयो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पर्यटन परिषदमा आवद्ध विभिन्न संघ संस्थाहरु ,हान,नाटा,नारा,ना, रेवान, मजदुर संघ, टुरिस्ट पुलिस पोखरा, स्थानिय क्लबहरु ड्यामसाइड र पुल्चोक क्लब,लायन्स क्लबहरु लायन्स क्लब अफ लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनका… पुरा पढौ

लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पोखरा, २ असोज, पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो । रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताए । उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुदैं… पुरा पढौ

स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

्पोखरा, १ असोज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गर्नुभएको छ । विशेष कामका लागि पोखरामा आउनु भएका मन्त्री पौडेलले पोखरा १२ उपकार मार्गमा रहेको संघको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले परिवार नियोजन संघका सेवा बारेमा जानकारी लिनुभएको थियो । मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गर्नुभएको थियो । सभापति सिग्देलले संघले सरकारबाट साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको उल्लेख गर्नुभयो । संघले सुरक्षित… पुरा पढौ

युआरएलको पुरस्कार र अवार्डका लागि छनोट समिति गठन

पोखरा, १ असोज, युआरएल फाउन्डेसनद्वारा सञ्चालित राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । फाउन्डेसनको बैठकले पत्रकारिता पुरस्कारका लागि प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि वरिष्ठ जनरल सर्जन प्राडा अर्जुन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला र पूर्व पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठ र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।… पुरा पढौ

स्वास्थ्य बिमा ५ लाख नै पुर्याउनु पर्छः मन्त्री पौडेल, पोखराबाट क्यान्सरको उपचार हुने

दीननाथ बराल, पोखरा १, असोज, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि ५ लाख पुर्याउनु पर्ने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखसम्म कायम भएको स्वास्थ्य बिमालाई बढाएर ५ लाख पुर्याउनु पर्ने बताउनु भएको हो । एक लाखको बिमा प्रभावकारी नभएका वेला ५ लाखको कुरा गर्छ भनेले आफुलाई हाल केही समुहले उडाउने गरेको मन्त्री पौडेलले सुनाउनु भयो । व्यबस्थापन गरेमा सम्भव हुने दाबी गर्दै मन्त्री पौडेलले सरकारी तथा… पुरा पढौ

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगिताको रजिष्ट्रेशन खुला

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगिताको रजिष्ट्रेशन खुला गरिएको छ । विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार माध्यमले आयोजना गर्ने उक्त प्रतियोगिताको आइतवारदेखि अनलाइन रजिष्ट्रेशन खुला गरिएको हो । उक्त प्रतियोगितमा सहभागी हुनका लागि https://pokharaclick.com/first-hill-running-competition-registration-form/ लिंकमा क्लिक गरेर दर्ता गर्नुपर्ने आयोजकद्वारा जनाइएको छ । सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवस र सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाइँदै आएको सन्दर्भमा पोखरा क्लिकले पोखरा २२ मा पहिलो पटक पर्वतीय दौड आयोजना गर्न लागेको हो… पुरा पढौ