
पोखरा १८, असोज,
नेपालीहरुको महान पर्व बडा दशैं पर्वको अवसरमा होटल बाराहीले नयाँ प्याकेज ल्याउने भएको छ । बाराही दशैं भोज यही अक्टुवर १० देखि १२ तारिख (असोज २४ देखि २६ गते अर्थात दशैं टिकाको दिन) सम्म होटल बाराहीले नेपाली खानाको प्रबद्र्धन गर्न उक्त कार्यक्रम ल्याएको होटलका फूड एण्ड बेभरेज म्यानेजर रामजी घतानीले बताउनु भयो ।

आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई नेपाली परम्परागत खानाको बारेमा राम्रोसंग बुझाउदै उक्त खानाको परिकार पस्कने गरी आफुहरुले नयाँ स्किम ल्याएको उहाँले दाबी गर्नु भयो । एक जना पर्यटकले २ हजार रुपैयाँ शुल्क तिरे पछि उहाँहरुलाई बिहान साढे ११ बजेदेखि सुरु हुने उक्त भोजमा सेलरोटी देखि, अचार, खिउनी, विभिन्न थरीका अचार, चट्नी, चुकौनी हुदै मासुका विभिन्न परिकार सहित नेपाली परम्परागत खान पाउनु हुने भएको छ ।
विभिन्न परिस्थितीले घर बाहिर हुने नेपाली तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी एकै ठाँउमा भेला भएर रमाइलो गरौं भन्ने उद्धेश्यले सो कार्यक्रम पहिलो पटक ल्याएको म्यानेजर घतानीले जनाउनु भयो । होटल बाराहीमा हाल ८० रुम रहेका छन भने हाल पर्यटकहरुको आगमन सन्तोसजनक रहेको होटल बाराहीका प्रतिनिधिले बताउनु भयो ।




