स्वास्थ्य

दशैं पर्वको अवसरमा होटल बाराहीले ल्यायो बाराही दशैं भोज कार्यक्रम

पोखरा १८, असोज, नेपालीहरुको महान पर्व बडा दशैं पर्वको अवसरमा होटल बाराहीले नयाँ प्याकेज ल्याउने भएको छ । बाराही दशैं भोज यही अक्टुवर १० देखि १२ तारिख (असोज २४ देखि २६ गते अर्थात दशैं टिकाको दिन) सम्म होटल बाराहीले नेपाली खानाको प्रबद्र्धन गर्न उक्त कार्यक्रम ल्याएको होटलका फूड एण्ड बेभरेज म्यानेजर रामजी घतानीले बताउनु भयो । आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई नेपाली परम्परागत खानाको बारेमा राम्रोसंग बुझाउदै उक्त खानाको परिकार पस्कने गरी आफुहरुले नयाँ स्किम ल्याएको उहाँले दाबी गर्नु भयो ।… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा, १८ अओज पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ ।होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रवर्द्धन गर्ने उद्धेश्य कार्यक्रमले लिएको छ । महोत्सवमा ५० विदेशी सहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा आयोजकको छ । महोत्सवमा… पुरा पढौ

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा अक्षयकोष तथा खाद्यान्न सहयोग

पोखरा, १६ असोज पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार १११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ । विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुु¥याउने उद्देश्यका साथ पोखरा – १६ निवाशी धनबहादुर थापाले एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीलाई खाद्यान्न तथा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुुभएको हो ।\ सहयोग हस्तान्तरण गर्दै समाजसेवी थापाले गुरुकुल संस्कृत विद्यालयको दीर्घकालीन सञ्चालनमा केही न केही सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ सहयोग गरेको बताउनुुभयो… पुरा पढौ

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना

पोखरा १४, असोज. गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित तीन कालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्गकालीन योजना सार्वजनिक गरेका हुन् । ६ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन… पुरा पढौ

धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा घटस्थापना देखि नवदुर्गा महोत्सव हुने

दीननाथ बराल, पोखरा १४, असोज, धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८१ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा घटस्थापना (असोज १७ गते) देखि नवमीसम्म (असोज २५ गते) सम्म उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । उक्त महोत्सवको उद्घाटनको अवसरमा पोखरामा बृहत शोभा यात्रा निकालिने भएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनु भयो । नेपालका विभिन्न चार्ड पर्वहरुमा विभिन्न… पुरा पढौ

पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान स्वजागरण कार्यक्रम

पोखरा १३, असोज, पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो । कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको… पुरा पढौ

होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान

पोखरा, ११ असोज ४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका तीन पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ । पोखराको अम्मटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका तीन विदेशी पर्यटकलाई यो सम्मान गरिएको हो ।   होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ती पर्यटकलाई संघले निशुःल्क बसोबास र खानपानको व्यवस्था पुरस्कारस्वरुप मिलाएको जानकारी दिए । अतिथि रिसोर्ट एण्ड स्पाः, ग्लेसियर होटल र होटल क्राउन हिमालयजले संघका तर्फबाट ती पर्यटकलाई बसोबास र खानपानको व्यवस्था मिलाएका… पुरा पढौ

प्रथम पर्वतीय दौडमा उद्यमी बराल र अन्तर्राष्ट्रिय धावक गुरुङलाई विशेष सम्मान

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक पुम्दी–भुम्दीमा सम्पन्न हुन लागेको पर्वतीय दौड प्रतियोगितामा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिने भएको छ ।‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ भन्ने उद्घोषका साथ यही असोज १२ गते शनिबार (भोलि) बिहान ७ बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा समाजसेवी बराल र धावक गुरुङलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको करकमलबाट सम्मानित गरिने कार्यक्रम रहेको संयोजक दीननाथ बरालले जानकारी दिए । पोखरा–२२ कास्कीमा जन्मेका बहुआयामिक व्यक्तित्वका धनी चन्द्रकान्त… पुरा पढौ

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४, उद्यमी चन्द्रकान्त बराल र पूर्व लेफ्टिनेन्ट अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई सम्मान’ गरिने

पोखरा, १० असोज । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ ।यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् ।बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो… पुरा पढौ

युरिक एसिड सित्तैमा, थाइराइडमा ५० र अन्य जाँचमा ३० प्रतिशत छुट

पोखरा, ९ असोज, गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले चाडपर्व लक्षित विशेष छुट योजना ल्याएको छ । बिहीबारदेखि कत्तिक महिनाभर यो योजना लागू हुनेछ । यो अवधिमा युआरएलको मुख्य कार्यालय सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ । सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी प्राविधिकबाट स्थापनाको ११ वर्षमा करिब ८ लाखलाई… पुरा पढौ