स्वास्थ्य

आकस्मिक रक्तदान कार्यक्रममा २५१ यूनिट रगत संकलन

पोखरा, कात्तिक १०, एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा २०३ जना पुरुष र ४८ जना महिला गरेर कुल २५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल, तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफन्ट गण्डकी, सिटिजन… पुरा पढौ

पोखरामा रगतको अभाव शनिबार आकस्मिक रक्तदान हुने

पोखरा, कात्तिक ७, पोखरामा रगतको अभाव भएपछि एभरेस्ट एफएमले आगामी शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्ने एफएमले जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न… पुरा पढौ

धावक अर्जुन गोदारले काठमाण्डौं देखि पोखरासम्म २ सय कि.मी.दौड पुरा गर्नुभयो (भिडियो) सहित, पोखरा रंगशालामा भव्य स्वागत

दीननाथ बराल,पोखरा ७, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार साँढे दुई दिनमा काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटर दुरी दौडेर पूरा गर्नु भएको छ । काठमाडौँको दशरथ रंगशाला देखि सोमबार देखि सुरु भएको उक्त दौड आज (बुधबार) दिउँसो करिब २ः०० बजे उहाँले उक्त दुरी पार गर्नु भएको हो । धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले भव्य स्वागत गर्नु भएको छ । पोखरा रंगशालामा… पुरा पढौ

धावक अर्जुन गोदार काठमाण्डौंबाट १५० कि.मी. दौडेर दमौली आइपुग्नु भयो, भोलि पोखरा आउने

दीननाथ बराल,पोखरा ६, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज दमौली आइपुग्नु भएको छ । सोमबार बिहान देखि काठमाण्डौंबाट दौडन सुरु गर्नु भएको उहाँले दोश्रो दिनमा मंगलबार मजिमटारदेखि दमौलीसम्मको ७४ किलोमिटर दौड पूरा गर्नु भएको हो । काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड पहिलो दिनमा मजिमटारसम्म करिब ८६ किलोमिटर, दोश्रो दिनको ७४ सहित को दुरी एकै दिनमा पार गर्नु भएको हो ।… पुरा पढौ

नेपाल प्रहरीको पोखरामा निर्माण हुदै गरेको पेट्रोल पम्प निर्माण कार्य अगाडि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश

दीननाथ बराल,पोखरा ६, कार्तिक, सरकारी कार्यालय तथा मानब बस्ती क्षेत्रमा नेपाल प्रहरीले पोखरामा निमार्ण गर्न सुरु गरेको पेट्रोल पम्प निर्माण कार्य अगाडि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश दिएको छ । पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको स्थानमा प्रहरीले अति नै प्रज्वलनशिल पेट्रोलियम पदार्थ जोखिम पूर्ण क्षेत्रमा बिक्रि वितरण गर्ने उद्धेश्यले पेट्रोल पम्म नै खोल्न तयारी गरेकोले त्यसको बिरुद्ध पोखराको नागरिक समाजले उच्च अदालतले रिट दायर गरेसंगै अदालतले हाल अन्तरिम आदेश दिदै तत्काल रोक्न आदेश दिएको हो । अदालतले सुविधा… पुरा पढौ

आकस्मिक खुल्ला रक्तदानमा ८८ युनिट रगत संकलन

गण्डकी, ६ कात्तिक, नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा र डेभिजफल युवा क्लवकोद्धारा संयुक्तरुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ । बढ्दो डेङगु रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी कास्कीको आव्हानमा अपरझट रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलले पहिलो रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै कास्की जिल्लामा बार्षिक ४० हजार… पुरा पढौ

धावक अर्जुन गोदार काठमाण्डौंबाट मजिमटार ८६ किलोमिटर एकै दिनमा पार

दीननाथ बराल, पोखरा ५, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज देखि काठमाण्डौंबाट पोखरा तर्फ दौडन सुरु गर्नु भएको छ । काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड आज पहिलो दिनमा मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गर्नु भएको हो । करिब २ सय किलोमिटरको दौड उहाँले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित आजबाट उक्त दौड सुरु गर्नु भएको हो… पुरा पढौ

धावक अर्जुन गोदार काठमाण्डौंबाट दौडन सुरु, पोखरा आउदै

दीननाथ बराल,पोखरा ५, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज बिहान देखि काठमाण्डौंबाट पोखरा तर्फ दौडेर आउदै हुनुहुन्छ । काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड करिब २ सय किलोमिटरको दौड उहाँले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित आजबाट उक्त दौड सुरु गर्नु भएको हो । आज बिहान ५ः१७ बजे काठमाण्डौंबाट दौड सुरु भएको विकास खड्काले काठमाण्डौंबाट पोखराक्लिकलाई जानकारी गराउनु भएको छ… पुरा पढौ

गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ– मन्त्री पाठक

लमजुङ, ३ कार्तिक, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको… पुरा पढौ

फेवातालमा फसेका ७ जनालाई सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा २, कार्तिक, पोखराको फेवातालको बिच भागमा फसेकालाई आज(शुक्रबार) शकुसल उद्धार गरिएको छ । आज दिउँसो करिब ३ः३५ बजे आएको हावाहुरी, बतास सँगै पानीको छाल आई दुई वटा स्ट्याण्डी बोर्ट र एउटा प्याडल बोर्ट मा सवार ७ जना फेवातालको बिचमा फसेकाहरु लाई सशस्त्र प्रहरी बल कालिका गण अन्र्तगत फेवातालमा रहेको एपीएफ रेस्क्यु टावरमा खटिएको विषेश विपद् व्यवस्थापन तथा उद्धार टोलीले उद्धार(रेस्क्यू) गरेको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले बताउनु भयो । स्मरण रहोस विहिबार उक्त टोलीले दुई जनाको तालबाट… पुरा पढौ