फेवातालमा फसेका ७ जनालाई सशस्त्र प्रहरीद्वारा उद्धार

-


     पोखरा क्लिक     
     कार्तिक २ गते २०८१ मा प्रकाशित


पोखरा २, कार्तिक,

पोखराको फेवातालको बिच भागमा फसेकालाई आज(शुक्रबार) शकुसल उद्धार गरिएको छ । आज दिउँसो करिब ३ः३५ बजे आएको हावाहुरी, बतास सँगै पानीको छाल आई दुई वटा स्ट्याण्डी बोर्ट र एउटा प्याडल बोर्ट मा सवार ७ जना फेवातालको बिचमा फसेकाहरु लाई सशस्त्र प्रहरी बल कालिका गण अन्र्तगत फेवातालमा रहेको एपीएफ रेस्क्यु टावरमा खटिएको विषेश विपद् व्यवस्थापन तथा उद्धार टोलीले उद्धार(रेस्क्यू) गरेको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले बताउनु भयो ।

स्मरण रहोस विहिबार उक्त टोलीले दुई जनाको तालबाट उद्धार गरेको थियो । डुङ्गामा सवार हुनु भएको चितवन भरतपुर बस्ने २८ बर्ष २८ का रिजन श्रेष्ठ, काठमाण्डौ बानेश्वर बस्ने ३१ वर्ष की अर्चना भट्टराई, ललितपुर भैंसीपाटी बस्ने २२ वर्षका समिर शेर्पा, भैसीपाटीकै १९ बर्षका सफल थापा मगर, सोही स्थानका २२ वर्षका आयुष थापा मगर, भैसीपाटीकै ३० बर्ष का कृष्ण सुनार, र सोही ठाउँकै २२ बर्षका प्रशान्त लामा रहेको एसपी शमौले जनाउनु भयो ।

उक्त टोलीले विहिबार हावाहुरीका कारण तालको बिच भागमा खड्किएका रुपन्देही देवदह न.पा.११ घर भई काठमाण्डौ तोखार न.पा. बस्ने २२ वर्षका मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर न.पा.११ बुटवल बस्ने २२ वर्षकी प्रिति सुनारलाई उक्त टोलीले उद्धार गरेको थियो । उहाँहरु काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गर्नु भएको थियो । फेवा डुंगा व्यवसायी संगठनले अनिवार्य रुपमा फाइफ ज्याकेटको व्यबस्था गरेको कारण बेमौसममा आएको हावा हुरीका कारण तालमा अडकिएकाहरुलाई उद्धार गर्न सहज भएको संगठनका अध्यक्ष बलराम गिरीले बताउनु भयो ।



This will close in 20 seconds