स्वास्थ्य

मानव सेवा आश्रममा ‘एभरेस्ट कक्ष’ का लागि थप १ लाख प्रदान

पोखरा, मंसिर १०, पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि तेश्रो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको चौथो वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन्… पुरा पढौ

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा १०, मंसिर, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच सिलान्यास गरेका हुन । सो अवसरमा वोल्दै सांसद मन बहादुर गुरुङले… पुरा पढौ

मन्त्री केसीसँग अपाङ्ग महिला सशक्तिकरण केन्द्रको ६ बुँदे माग

पोखरा, ९ मंसिर, अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्राङ्गणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६ वटा विषय समेटेर पत्र बुझाएका हुन् । केन्द्रकी अध्यक्ष अन्जना केसीले हस्ताक्षर गरेको पत्रमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने र त्यसको कार्यान्वयनका लागि ८५ वटै पालिकालाई पत्रचार गरिनुपर्ने पहिलो माग गरिएको छ ।… पुरा पढौ

गरिमा बैंकको १८ औं वार्षिकोत्सव

पोखरा ८, मंसिर, गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसरमा शुक्रबार पोखराको क्षेत्रीय कार्यालमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्ककिा प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातानलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको… पुरा पढौ

विश्व मत्स्य दिवसको अवसरमा पोखरामा ५ हजार स्थानिय माछाको भूरा छाडियो, स्थानिय माछा संरक्षणमा जोड

दीननाथ बराल, पोखरा ७, मंसिर विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा स्थानिय जातका ५ हजार वटा माछाका भुरा छाडिएको छ । स्थानीय जातहरुको माछा भुरा छोड्दै र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रम आयोजना गरी विहिबार पोखरामा विश्व मत्स्य दिवसको अवसरमा स्थानिय जातका ५ हजार माछाका भुरा छाडिएको मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरा प्रमुख डा.मोहमद इकवाल हुसेनले बताए । स्थानिय जातका माछा बचाउ अभियान अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए । फेवातालमा विहिबार लोपउन्मुख प्रजातिका शहर, रहु, नैनी,… पुरा पढौ

सुर्खेतका राउटे पोखरामा (भिडियो सहित )

दीननाथ बरालपोखरा ६,मंसिर, नेपालको लोपउन्मुख समुदायमा पर्ने राउटे जातिका केही व्यक्तिहरु पोखरा आउनु भएको छ । परम्परा देखि जंगलमा बस्दै आउने राउने समुदायका केही व्यक्तिहरु सुर्खेतबाट पोखरामा आर्थिक संकलन गर्ने उद्धेश्यले पोखरा आउनु भएको हो । शेयर बहादुर शाहीको नेतृत्वमा ७ सदस्य टोली बुधबार पोखरा आउनु भएको हो । टोलीले विभिन्न संघ संस्था सरकारी निकाय र केही व्यक्तिको सहयोगबाट विहिबार पोखरामा ५० हजार रुपैया संकलन गर्नु भएको छ । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=25-EiD_tRl4 आफ्नो पर्व मनाउनको लागि भन्दै… पुरा पढौ

विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा, द्धन्द्धपीडितको पिडा बुझ्ने सरकार कहिले आउला ? अधिकार सहितको परिचय पत्र माग गर्दै पिडितहरु

दीननाथ बरालपोखरा ५, मंसिर, विस्तृत शान्ति सम्झौता भएको १८ बर्ष पूरा हुदा पनि कास्कीका द्धन्द्धपीडितले न्याय नपाएको गुनासो गर्नु भएको छ । विस्तृत शान्ति सम्झौता भएको १८ बर्षः ५ मंसिर २०८१ न्याय प्राप्ती कहिले ? भन्ने बिषयमा बुधबार पोखरामा आयोजित छलफल कार्यक्रममा पिडितहरुले १० वर्षे सशस्त्र द्धन्द्धका क्रममा राज्य पक्ष र विद्रोही पक्ष नेपाल कम्युनिष्ट पाटी (माओबादी) बाट पीडित भएकोमा हालसम्म न्यान नपाएको गुनासो गर्नु भएको हो । पिडितहरुले हालसम्म कुनै सरकारले पनि आफुहरुको माग पूरा गर्न नसकेकोमा गुनासो गर्दै… पुरा पढौ

वौद्द धर्मगुरु रिन्पोचेद्वारा सहारा आधारभूत विद्यालयमा खाजा सहयोग

पोखरा २, मंसिर, पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा जन्गचोब चोइलिङ् गुम्बा हेम्जाका वौद्द घर्म गुरु दुपसिङ् रिन्पोचेको जन्मदिनको अवसर पारेर विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई २ दिनको लागि खाजा वितरण गरेका छन् । विद्यालयको खाजा समय पारेर सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले गुरु रिन्पोचेलाई हार्दिक धन्यवाद व्यक्त गर्दै गुरु स्वयम् उपस्थित नभएपनि विद्यालयलाई माया गरेर मिठो खाजाको कोसेली पठाउनु भएकोमा धन्यवाद व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेकी थिइन् । विद्यालयमा अध्ययन गर्ने २६० जना विद्यार्थीहरुलाई खाजा प्रदान… पुरा पढौ

बाँझोपन समस्या समाधानको लागि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ सेवा सुरु

दीननाथ बराल,पोखरा २, मंसिर, बाँझोपन समस्या समाधानको लागि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ (बाँझोपन बिशेषज्ञ) सेवा सुरु हुने भएको छ । भोलि (सोमबार) देखि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ सेवा संचालन हुने भएको हस्पिटलका पूर्व अध्यक्ष असोक पालिखेले बताउनु भयो । गण्डकी प्रदेश र पोखरा क्षेत्रमा बाँझोपनको समस्या भएकोले त्यसको उपचार पोखरामै गराउने उद्धेश्यले आफुहरुले अनुभवी चिकित्सकको साथमा अत्याधुनिक मेसिन समेत व्यबस्थापन गरेको उहाँले जनाउनु भयो । स्त्री तथा प्रसुती एवं बाँझोपन बिशेषज्ञ डा.अनु हिराचनको नेतृत्वको टोलीले हाल उक्त सेवा संचालन गर्ने… पुरा पढौ

डा श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, पत्रकार शर्मालाई पुरस्कार

पोखरा, २, मंसिर, युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गर्ने भएको छ । नेपालको जनस्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वसहित लामो समय योगदान गर्ने चिकित्सक श्रेष्ठलाई २०८१ को लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । ८९ वर्षीय श्रेष्ठ अहिले ब्लुक्रम अस्पतालका मेडिकल डाइरेक्टर छन् । नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम… पुरा पढौ