पोखरा रंगशालामा यही मंसिर १५ गते निःशुल्क ध्यान शिविर हुने

-


     पोखरा क्लिक     
     मंसिर १२ गते २०८१ मा प्रकाशित


पोखरा १२, मंसिर,

पोखरामा यही मंसिर १५ गते (शनिबार) निःशुल्क ध्यान शिविर हुने भएको छ । पोखरा रंगशालामा शनिबार बिहान ७ः३० बजे देखि दुई घण्टा संचालन हुने उक्त शिविरमा सहभागि हुन आव्हान गरिएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

उक्त शिविरमा हिमालय समर्पण ध्यानकेन्द्रका प्रणेता महर्षि श्रीशिवकृपानन्द स्वामीजीको सहजीकरणमा ध्यान हुने भएको हो । नेपालमा अध्यात्मक ज्ञान प्राप्त गर्नु भएको स्वामी नेपाल भ्रमण वर्ष २०२० का पर्यटन सद्भावना दूत तथा आध्यात्मिक गुरुका रुपमा विश्वमै परिचित हुनु हुन्छ । ७२ देशमा ध्यान योग गर्दै पुग्नु भएको स्वामी नेपालमा भने चौथो पटक आउनु भएको हो । बुधबारको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मानव जीवनको स्वास्थ्यका लागि ध्यान र योग आवश्यक भएको दाबी गर्नु भयो । नेपाल भनेको तपो भूमि नै रहेको उहाँको भनाई थियो । यस कार्यक्रमले मानसिक, शारीरिक र आध्यात्मिक शुद्धिको अनुपम अनुभव दिने दाबी गर्दै उहाँले ध्यानले मानिसलाई एकाग्र बनाउने तनावबाट समेत मुक्त गराउने दाबी गर्नु भयो ।

पोखराका मेयर धनराज आचार्यले पोखरामा महानगरमा आयोजित पत्रकार सम्मेलनमा सहभागि हुनु भएको स्वामीलाई स्वागत गर्दै पोखरामा ध्यान र योगको माध्यमबाट समेत पर्यटन प्रबद्र्धन हुने दाबी गर्नु भयो । भारतको नागपुरमा आयोजित एक ध्यान शिविरमा आफु सहभगि हुदा दुई लाख भन्दा बढीको सहभागिताले मानिसहरुमा ध्यान र योगको महत्व बढेको मेयर आचार्यले जनाउदै नियमित ध्यान र योगले आफ्नो प्रेसर समेत हाल सन्तुलनमा आएको दाबी गर्नु भयो । ध्यान र योगले मानिसमा सकरात्मक बन्न प्रेरित गर्ने मेयर आचार्यको भनाई थियो । हिमालय समर्पण ध्यान योग नेपालले आयोजनामा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रबद्र्धकः रहेको छ भने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पोखरा पर्यटन परिषद, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र पतञ्जली योग समितिको सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो ।