पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै ३ लाख ५० हजार पोखरेली जनतालाई सुद्ध पिउने पानी, स्थानियको माग सम्बोधन नभएको गुनासो

-


     पोखरा क्लिक     
     मंसिर १५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा,१४ मंसिर,

मेलम्चि खानेपानी योजना पछिको दोश्रो ठुलो खानेपानी परियोजना पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै ३ लाख ५० हजार पोखरेली जनताले सुद्ध पिउने पानी प्राप्त गर्नु भएको छ । करिब ७ बर्षमा उक्त परियोजना हालै सम्पन्न भएसंगै जापानी सहयोग नियोग ( जाइका ) को अनुदान सहयोगमा पोखरामा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै शुक्रबार हस्तान्तरण समेत गरिदा उक्त परियोजनाबाट पोखराका साँढे ३ लाख जनता लाभान्वित हुने भएको हो ।

४ अर्ब ८१ करोड ३० लाख रूपैयाको लागतमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य हालै सम्पन्न भएसंगै आज एक समारोहका बिच जापान सरकारबाट नेपाल सरकारलाई हस्तान्तरण समेत भएको हो । नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवलाई उक्त परियोजना जाईका नेपाल प्रतिनिधि तानाको तोमोले हस्तान्तरण गर्नु भएको हो । पोखराको मुख्य बजार देखि करिब ११ किलोमिटर टाढा रहेको मर्दीको पुरानै बाँधबाट पानी ल्याईएको नेपाल खानेपानी संस्थान पोखराका कार्यालयका प्रमुख ई. आशिस कार्कीले पोखराक्लिकलाई बताउनु भयो । पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल,खोराकोमुख, रिभान लगायतका गाउँहरु पर्दछन ।

उक्त परियोजनाबाट दैनिक ४ करोड १० लाख लिटर सुद्व पानी पोखरामा उपलब्ध हुने भएको नेपाल खानेपानी संस्थाका निमित्त महाप्रवन्धक त्रिदीप कुमार श्रेष्ठले बताउनु भयो । उक्त परियोजनाबाट पोखराका करिब ७३ प्रतिशत जनता अर्थात ३ लाख ५० हजार जना लाभान्वित हुने भएको मन्त्रालयका सचिव प्रमिलादेवि शाक्य कर्माचार्यले बताउनु भयो । नेपाल खानेपानी संस्थान संचालक समितिका अध्यक्ष गुणाखर भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थयो । पोखरामा यस अघि देखि ४ करोड ६० लाख लिटर पानी दैनिक आउने गरेको थियो ।

नेपाल खानेपानी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंको आयोजनामा पोखरा १९ को पुरन्चौर (पानी प्रशोधन केन्द्र) मा आयोजना भएको समारोहमा तिनै तहका सरकारका प्रतिनिधि, स्थानीय सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त परियोजना १५ फेुअरी २०१७ मा सुरु भई ३१ अगष्ट २०२४ सम्म संरचालन हुने गरी सम्झौता भएको थियो । जापानको हाजमा एन्दो कर्पोरेशन कम्पनीले उक्त परियोजना निर्माण गरेको हो । उक्त परियोजनामा १ सय ११ किलोमिटर पाइप लाइन पोखरा क्षेत्रमा बिस्तार गरिएको छ ।

पानी शुद्धीकरणका लागि पानीको मुख्य स्रोत मर्दी मुहान नजिकै बालुवा हटाउन ४ करोड २५ लाख लिटर क्षमताका ४ वटा टंकी, पार्नी थिग्रयाउनका लागि मर्दी मुहान नजिकै ४ करोड २५ लाख लिटर क्षमताका ४ वटा टंकी, पोखरा १९ पुरुञ्चौरमा ४ करोड २५ लाख लिटर क्षमताका पानी छान्ने फिल्टर ६ वटा, पुरुञ्चौरमै ९ सय ३० घनमीटर क्षमताका सफा पानी संकलन गर्ने २ वटा टंकी र क्लोरिनेशन प्लान्ट निमार्ण गरिएको संस्थानले जनाएको छ ।

खानेपानीका अधुरा र अपुरा योजना अब अघि बढाउछौंः मन्त्री यादव
स्थानियको माग सम्बोधन नभएको गुनासो

नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले खानेपानीका अधुरा र अपुरा योजनाहरु अब अघि बढाउने बताउनु भएको छ । पोखरा महानगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थान अन्र्तगत पोखरा खानेपानी सुधार आयोजनाको निर्माण सम्पन्न भएका संरचनाहरुको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले अब नेपालका खानेपानीका अधुरा र अपुरा योजनाहरु अघि बढाउने बताउनु भएको हो ।

नेपालका अधुरा र अपुरा खानेपानीका योजनाहरुलाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफुहरुले कुराकानी गर्दै आएकोले मानव जीवनका लागि अति आवश्यक पर्ने पानी सरकारले उपलब्ध गराउने गरी योजनाबद्ध ढंगबाट अघि बढेको मन्त्री यादवले उल्लेख गर्नु भयो । पोखरामा दैनिक ४ करोड लिटर सुद्ध पिउने पानीको परियोजनामा सहयोग गर्ने जापान सरकारलाई धन्यवाद दिदै मन्त्री यादवले उक्त परियोजनालाई दिगो रुपमा संचालन गर्न मन्त्रालय सहित स्थानिय सरकारलाई निर्देशन दिनु भयो । पोखराको कोलपाटनमा रहेको पानी ट्याङ बिबाद छिट्टै हल हुने दाबी गर्नु भयो । पोखरेलीहरु अब सुद्ध पिउने पानीबाट बन्चित हुन नपर्ने मन्त्री यादवले बताउनु भयो । प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागीले जलबिद्युतका कारण पानीका मुहानहरु सुक्ने अबस्था भएकोले पानी वितरणमा बिषेश ध्यान दिन आग्रह गर्नु भयो । गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङले पानीको मुहानमा अझै पनि घाटहरु अव्यबस्थित भएकोले त्यसलाई व्यबस्थित गर्नुपर्ने बताउनु भयो ।

माछापुच्छे« गाँउपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ उक्त परियोजना सम्पन्न हुदै गर्दा स्थानियहरुको माग पूरा नगरेकोमा गुनासो गर्दै अबौंको परियोजना गर्दा स्थानियलाई राम्रोसंग नसमेटेको दाबी गर्नु भयो । उक्त कार्यक्रममा स्थानियको न्यून सहभागिता भएको उल्लेख गर्दै उहाँले उक्त परियोजनाबाट पोखरामा पानी लैजादा पोखरा महानगरले समेत माछापुच्छे«का स्थानियको माग पूरा गर्न आग्रह गर्नु भयो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जापान सरकार र माछापुच्छे« गाउँपालिकाका स्थानियको ठुलो सहयोगमा पोखरामा सुद्ध पिउने पानी परियोजना सफल भएकोमा धन्यवाद दिदै उक्त परियोजनाको क्रममा अझै पोखराका केही सडकमा खानेपानीका पाइपको लागि खनिएका केही ठाँउमा पिच हुन बाँकी रहेको जनाउनु भयो । पोखरामा बाँकी करिब डेढ लाख जनताको लागि पोखराका ३ ठाँउमा वोरिङ निर्माण गर्ने मेयर आचार्यले उल्लेख गर्नु भयो । जाइका नेपाल प्रतिनिधि तानाको तोमोले दुई देश बिच यस्ता परियोजनाले थप प्रगाढ बनाउने बताउदै आगामी दिनमा पुनः यस्ता सहयोग गर्ने बताउनु भयो ।

जापानी सहयोग नियोग (जाइका) को अनुदानमा पोखरामा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै आज हस्तान्तरण समेत भएको हो । उक्त परियोजनाबाट दैनिक ४ करोड १० लाख लिटर सुद्व पानी पोखरामा उपलब्ध हुने भएको नेपाल खानेपानी संस्थाका निमित्त महाप्रवन्धक त्रिदीप कुमार श्रेष्ठले बताउनु भयो । उक्त परियोजनाबाट पोखराका करिब ७३ प्रतिशत जनता अर्थात ३ लाख ५० हजार जना लाभान्वित हुने भएको मन्त्रालयका सचिव प्रमिलादेवि शाक्य कर्माचार्यले बताउनु भयो । नेपाल खानेपानी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंको आयोजनामा पोखरा १९ को पुरन्चौर (पानी प्रशोधन केन्द्र) मा आयोजना भएको समारोहमा पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले स्थानियको माग सम्बोधन नगरी उक्त परियाजना उद्घाटन भएकोले दिगो हुने कुरामा शंका गर्नु भयो ।

नेपाल खानेपानी संस्थान संचालक समितिका अध्यक्ष गुणाखर भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थयो । उक्त अवसरमा राष्ट्र पतिका सल्लाहकार एवं संस्थानका पूर्व अध्यक्ष डा.प्रमेश्वर पोखरेल, स्थानिय तहका सरकार प्रमुख, सम्बन्धित वडा अध्यक्ष लगायतलाई उक्त परियोजना सफल पार्न सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।