स्वास्थ्य

लायन्स क्लब अफ पोखरा लेकसाइड र फोन नेपाल द्धारा चितवन सैपामका चेपाङ समुदायका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण (भिडियो सहित)

दीननाथ बराल,चितवन, १, पुष, चितवन कालिका नगरपालिका ११ सैपाम मा रहेको शुभ शान्ति राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेण्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लवले आइतबार एक समारोहका बिच बिद्यालयमै पुगेर एक सय भन्दा बढी छात्र÷छात्रालाई न्यानो (पोलर ज्याकेट) वितरण गरेको क्लवका अध्यक्ष धर्मराज थापाले जानकारी गराउनु भयो । चेपाङ समुदायका बिद्यार्थीहरुलाई यस बर्षको जाडोबाट केही हदसम्म भए पनि बचाउन क्लव र फोन नेपालले न्यानो कपडा वितरण… पुरा पढौ

डा श्रेष्ठलाई अवार्ड, शर्मालाई पुरस्कार अर्पण

पोखरा, २४ कात्तिक, युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । आइतबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले श्रेष्ठ र शर्मालाई सम्मानित गरेका हुन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र प्रवर्धन गर्दै आएको फाउन्डेसनले युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा… पुरा पढौ

पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध

पोखरा २४ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा शोमबार निशुल्क ब्रतबन्ध गरिएको छ । ११ जनाको ब्रतबन्ध सम्पन्न भएको यज्ञ आयोजक मुल समितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोममा मंगलबार चौरासी पुजा र तुला दानको कार्यक्रम तय भएको गिरीले बताए र्। कोटिहोम संचालनको अवधिमा ब्रतबन्ध, चौरासी पुजा गर्न चाहेमा निशुल्क रुपमा पुजा गर्न सकिन्छ, कर्ताले स्वेच्छीक दान गर्न… पुरा पढौ

हेमजामा निशुल्क स्वास्थ्य शिविर, २ सय जना लाभान्वित

मंसिर २२, हेमजा नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।शिविरमा किरण गुरुङ मेडिकल र आर।सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो । सोहि अवसरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ् । शिविरबाट विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका गरि २ सय भन्दा बढी नागरीकहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवत्ता एव।वडा न। २५ हेमजाका… पुरा पढौ

सहारा प्राविमा शुद्दिकरण सहितको पिउने पानीको धारा हस्तान्तरण

पोखरा २०, मंसिर, पोखरा ९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधि सहितको तातो चिसो पानीको सुविधा सहितको धारा हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवीहरु अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभि प्रविधि सहित तातो चिसो पानि आउने धाराहरु गरि निर्माण पश्चात विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले सरकारले निःशुल्क शिक्षाको अवधारणा ल्याएपनि कार्यन्वयनमा चुकेको धारणा राखे । पोखरा मनपा भित्र रहेका जम्मा ५ ओटा आधारभूत विद्यालयहरु… पुरा पढौ

धुमधामका साथ पोखरामा शुक्ला गण्डकी कोटिहोम सुरु

पोखरा १७ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ सुरु भएको छ । कोटिहोमको शोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । प्रदेश प्रमुख भट्टले यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गरे । उनले भने – ‘धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहन्छ । विश्वका कयौँ देशहरुले… पुरा पढौ

पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै ३ लाख ५० हजार पोखरेली जनतालाई सुद्ध पिउने पानी, स्थानियको माग सम्बोधन नभएको गुनासो

दीननाथ बराल,पोखरा,१४ मंसिर, मेलम्चि खानेपानी योजना पछिको दोश्रो ठुलो खानेपानी परियोजना पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै ३ लाख ५० हजार पोखरेली जनताले सुद्ध पिउने पानी प्राप्त गर्नु भएको छ । करिब ७ बर्षमा उक्त परियोजना हालै सम्पन्न भएसंगै जापानी सहयोग नियोग ( जाइका ) को अनुदान सहयोगमा पोखरामा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै शुक्रबार हस्तान्तरण समेत गरिदा उक्त परियोजनाबाट पोखराका साँढे ३ लाख जनता लाभान्वित हुने भएको हो । ४ अर्ब ८१ करोड ३०… पुरा पढौ

निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक प्राविधिक जनशक्तिको सम्मानजनक व्यवस्थापन गर्नु राज्यको कर्तव्य

पोखरा, १३ मंसिर, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए। ‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको… पुरा पढौ

पोखरा रंगशालामा यही मंसिर १५ गते निःशुल्क ध्यान शिविर हुने

पोखरा १२, मंसिर, पोखरामा यही मंसिर १५ गते (शनिबार) निःशुल्क ध्यान शिविर हुने भएको छ । पोखरा रंगशालामा शनिबार बिहान ७ः३० बजे देखि दुई घण्टा संचालन हुने उक्त शिविरमा सहभागि हुन आव्हान गरिएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त शिविरमा हिमालय समर्पण ध्यानकेन्द्रका प्रणेता महर्षि श्रीशिवकृपानन्द स्वामीजीको सहजीकरणमा ध्यान हुने भएको हो । नेपालमा अध्यात्मक ज्ञान प्राप्त गर्नु भएको स्वामी नेपाल भ्रमण वर्ष २०२० का पर्यटन सद्भावना दूत तथा आध्यात्मिक गुरुका रुपमा विश्वमै परिचित हुनु… पुरा पढौ

मंसिर २२ गते देखि लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुने

पोखरा ११, मसिर, कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुकमा यही मंसिर २२ गते देखि हनी हन्टिङ महोत्सव हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकका मंसिर २२ देखी २४ गते सम्म महोत्सव हुने तयारी तिव्र पारिएको लान्दुका पोखरा सम्पर्क समितिका अध्यक्ष शुक प्रसाद गुरुङले बताए । हरेक बर्ष मौरीको मह काढिँदै आए पनि पछिल्लो समय महोत्सवका रूपमा मनाउदै आएको उहाँले जनाउनु भयो । गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले २६ वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताए । यस… पुरा पढौ