
पोखरा २७, माघ,
पोखरामा मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाको ज्यान गएको छ । पोखराको लेकसाइड स्ट्रीट नम्बर ३ मा आइतबार विहान १२ः५८ बजे सोलारको पोलमा मोटरसाइकल ठोकिन पुग्दा पोखराका सफल रानाभाट र सुजन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा २४ कास्कीकोटका २१ वर्षका रानाभाट र पोखरा ८ सिमलचौरका २१ बर्षका अधिकारीको मोटरसाइकल दुर्घटनामा परी उपचारकै क्रममा आज बिहान २ः१८ बजे मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख (प्रहरी निरिक्षक) शोभा पाण्डेले बताउनु भयो ।
उक्त मोटरसाइकल दुर्घटनामा परे पछि उहाँहरुको पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा उपचार गर्न लगे पनि केही समय पश्चात चिकित्सकले मृत घोषणा गर्नु भएको अस्पताल श्रोतले जनाएको छ । उहाँहरु सवार ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुम्न पुग्दा सोलारको पोलमा ठोक्किएको प्रहरीले प्राम्भिक अनुसन्धानबाट जनाएको छ । उक्त घटनाको थप अनुसन्धान भई रहेको प्रमुख पाण्डेले पोखराक्लिकलाई जनाउनु भयो ।