अन्तराष्ट्रिय बलुन फेष्टिभलको तयारी तिव्र, पोखराको आकाशमा १६ देशका बेलुन पाइलट सहभागि हुदै

-


     पोखरा क्लिक     
     कार्तिक २८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २९ कार्तिक,

साहसिक खेलकुदको केन्द्र पोखरामा १६ देशका बलुन पाइलटहरु सहभागि हुनुहुने भएको छ । पर्यटनको राजधानि पोखरामा आउँदो पुषको दोश्रो साता आयोजना हुने अन्तराष्ट्रिय बलुन फेष्टिभलमा १६ देशका बलुन पाइलटहरु सहभागि हुने भएको बलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम बाडेले बताउनु भयो ।

वेलुन नेपाल प्रा.लि.ले पोखरामा सहासिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागेको प्रतियोगितामा अमेरीका, वेलायत, फ्रान्स, जर्मन, स्पेन, अष्ट्रिया, मलेसिया, ब्राजिल, लाओस, कोरिया, लाटभिया लगायतका १६ देशका खेलाडीहरुले उक्त प्रतियोगितामा सहभागिता हुने भएको उहाँले जनाउनु भयो ।

उहाँका अनुसार खेलाडीहरुको नाम दर्ता हाल स्थगित भएको छ । ९ दीन चल्ने प्रतियोगिता आउँदो पुष ९ देखि १७ गते (डिसेम्बर २४ देखि २०२४ देखी जनवरी १, २०२५) सम्म आयोजना हुने भएको हो । फेष्टिभलमा नेपाल बाहेक अन्य देशबाट खेलाडीहरु सहभागि हुने भएको अध्यक्ष बाडेले उल्लेख गर्नु भयो । नेपालमा व्यवसायीक रुपमा हर्ट वेलुन उडान गर्ने खेलाडीहरुको अभाव भएकोले नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालकै खेलाडी नहुने उहाँको भनाई थियो ।

पोखरामा हुने उक्त कार्यक्रमले यस क्षेत्रको साहसिक खेल पर्यटनको सम्भावनालाई अझ उजागर गरी पर्यटनको सम्भावना बढाउन मद्धत पुग्ने अध्यक्ष बाडेले विश्वास व्यक्त गर्नु भयोे । ६ करोड ५० लाख बजेट रहेको उक्त फेष्टिभलमा स्थानिय उत्पादन देखि स्थानिय कला संस्कृति र वातावरणमन्त्री भई विभिन्न कृयाकलाप सहित विभिन्न सांस्कृतिक तथा खानाका परिकार समेत उपलब्ध गराउने भएको उहाँले बताउनु भयो ।

यसैबिच, पोखरामा हुने अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको स्थानीय संयोजकमा फेवा क्लब पामे रहने भएको छ । क्लबका अध्यक्ष नवराज पराजुली र आयोजक बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडे विच सम्झौता भएको छ । स्थानिय रुपमा प्रतियोगिता स्थल देखि पार्किङ एवं सरसफाई लगायतका बिषयमा उक्त क्लबसंग सम्झौता भएको बाडेले बताउनु भयो । फेस्टिवलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रिंयाका कार्की रहेकी छन्। बलुन नेपाल प्रालिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव हुने तयारी भएको हो । पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न फेस्टिवल प्रभावकारी हुने बाडेले दाबी गर्नु भयो ।

महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हुदाँ आफुहरुले पनि साथ दिएको फेवा क्बलका अध्यक्ष नवराज पराजुलीले बताउनु भयो । महोत्सव पोखराको पामे, लौरुक र चङ्खपुर लगायतको क्षेत्रमा आयोजना हुने भएको उहाँले उल्लेख गर्नु भयो । २०७३ मा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ देखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ ।