रतनपाण्डे मा.वि.मा प्रदेश स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सुरु

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८१ मा प्रकाशित


पोखरा, १७ माघ,

पोखराको रतन पाण्डे माविमा प्रदेश स्तरिय जुनियर युवा रेडक्रस गोष्ठी सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापन तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय, पोखरा–१३ आर्बाको आतिथ्यतामा ३ दिवसीय चौथो गण्डकी प्रदेश स्तरीय गोष्ठी आज (बिहिबार) देखि विद्यालयमा सुरु भएको हो ।

उक्त गोष्ठीको समुद्घाटन गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गरेका थिए । उक्त गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री पाठकले रेडक्रस जस्तो मानवीय तथा सामाजिक संस्थाले जुनियर तथा युवाहरुमा सकारात्मक सन्देश प्रदान गरि समाजसेवा तथा मानवसेवा प्रति समर्पित हुनका लागि यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भुमिका खेल्ने बताए । उक्त कार्यक्रममा गण्डकी प्रदेशका जुनियर तथा युवा रेडक्रस सर्कलका ११ वटै जिल्लाका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् ।

गोष्ठीको सुरुवात हुनु पूर्व पोखरा महानगरपालिका वडा नं. १३ आर्बा स्थित आदर्श मोहोरपानी टोल विकास संस्थाको भवनबाट विहान प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको थियो । उक्त प्रभातफेरि कार्यक्रममा रेडक्रससँग सम्बन्धित मानवतालाई जिवित राखौं, रेडक्रसका ७ सिद्धान्त पालना गरौं, संकटाभिमुख समुदायको संरक्षण गरौं, मानवताका लागि हातेमालो गरौं, जलवायु परिवर्तन प्रति युवा विद्यार्थी सचेत बनौं लगायतका नारा सहित स्थानीय टोल विकास संस्था, आमा समूह, युवा क्लब स्थानीय समाजसेवी, बुद्धिजिवीहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।

समारोहमा पोखरा म.न.पा. वडा नं. १३ का वडा अध्यक्ष किरण बराल, युवा नेता लेख बहादुर तामाङ, समाजसेवी शिक्षकप्रेमी किशोरदत्त बराल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका प्रधानाध्यापक बराल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, नेरेसो गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, नेरेसो गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल, नेपाल शिक्षक महासंघ जिल्ला समिति कास्कीका अध्यक्ष भोलानाथ पौडेल, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय ज्ुनियर युवा समितिका सदस्य एवं गोरखा जिल्ला सभापति भिमसेनकाजी बानिया, नेरेसो गण्डकी प्रदेश जुनियर युवा समितिका संयोजक तिर्थराज तिवारी, विद्यालयका सल्लाहकार वसन्तराज बराल, कार्यक्रम संयोजक धर्मेस जयसवाल लगायतले आआप्mनो मन्तव्य राखेका थिए ।

युवा रेडक्रस सर्कलका रतनपाण्डे मा.वि.का अध्यक्ष कृपा पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य तथा जुनियर युवा समितिका संयोजक रमेश भण्डारीले गरेका थिए । उक्त गोष्ठीले गत वर्ष लमजुङमा सम्पन्न भएपश्चात जुनियर युवाका गतिविधिहरुमा भए गरेको वार्षिक समिक्षा सहित आगामी १ वर्षका लागि गण्डकी प्रदेशभर गरिने जुनियर तथा युवा रेडक्रसका गतिविधिहरु, निती तथा कार्यक्रमहरु माथि छलफल गरि प्रस्ताव समेत पेश गर्ने कार्यक्रम रहेको अध्यक्ष संयोजक भण्डारीले जानकारी दिए ।

उक्त समारोहमा शिक्षक नायक राधादेवी बरालले रेडक्रसका ७ सिद्धान्त वाचन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदचन्द्र बरालले धन्यवाद ज्ञापन एवं नेरेसो गण्डकी प्रदेशका महासचिव पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।