
नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाले शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
वार्षिक नियमित कार्यक्रम अन्तर्गत संस्थाले १९ उपशाखाको कार्यक्रम माघ १९ गते नै आयोजना गरेको हो ।
रक्तदानले मुटु, हृदयघात, स्ट्रोक जस्ता विमारबाट सुरक्षित राख्ने मात्र नभएर शरीरमा नयाँ रक्तकोषिका बन्दा रक्तदातामा नयाँ उर्जा मिल्ने, एक युनिट रगतले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्ने भएकाले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको उपशाखा सभापति रमेश विश्वकर्माले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न भूमिका तोक्नुका साथै कार्यसमिति नै क्रियाशील रहेको उपशाखाका सचिव माधवप्रसाद गौतम बताउँछन् ।
कार्यक्रममा शुभ गोल्ड स्पर्ट सुनचाँदी पसल मोहोरिया टोलसहित विभिन्न संघसंस्था, समाजसेवी व्यक्तित्वको आर्थिक र प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रम संयोजक श्यामसुन्दर आचार्यले जानकारी दिए ।
उपशाखाले पोखरा–१९ आसपासका सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक, आध्यात्मिक संघसंस्था, विभिन्न क्लब, आमा समूह, उपशाखाका आजीवन, विशिष्ट र पूर्व पदाधिकारीलाई सक्रिय सहभागी भई धेरै रगत संकलनमा सहकार्य गर्न आह्वान गरेको उपशाखा विपद् व्यवस्थापन समिति संयोजक सविन जिसीको दाबी छ ।
उपशाखाको प्राङ्गण पुरुञ्चौरमा बिहान ७ः३० बजेबाट कार्यक्रम शुरु हुने जनाइएको छ ।





