सहारा प्राविमा शुद्दिकरण सहितको पिउने पानीको धारा हस्तान्तरण

-


     पोखरा क्लिक     
     मंसिर २० गते २०८१ मा प्रकाशित


पोखरा २०, मंसिर,

पोखरा ९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधि सहितको तातो चिसो पानीको सुविधा सहितको धारा हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवीहरु अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभि प्रविधि सहित तातो चिसो पानि आउने धाराहरु गरि निर्माण पश्चात विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले सरकारले निःशुल्क शिक्षाको अवधारणा ल्याएपनि कार्यन्वयनमा चुकेको धारणा राखे । पोखरा मनपा भित्र रहेका जम्मा ५ ओटा आधारभूत विद्यालयहरु मात्रै १५० भन्दा धेरै विद्ययार्थी रहेको मध्य सहारा पनि १ रहेको तर दरवन्दी व्यवस्थापन गरि विद्यालयलाई प्रदान गर्ने नसकेकोमा दुस्ख व्यक्त गरे । विभिन्न अभावका बावजुत पनि विद्यालयले शैक्षिक, भौतिक रुपमा क्रमश उचाई हाँसिल गरिरहेकोमा स्थानीय तह वि।व्य।स, प्रधानाध्यापक, शिक्षकहरु, अभिभावक, लगाएत सम्पूर्ण विद्यालय परिवारलाई कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले कुल ३ ओटा धाराहरु मार्फत विद्यार्थीहरुले सुविधा लिन सक्ने धाराहरु बनाई पानी जस्तो पुनित कार्यमा विद्यालयलाई माया मानेर हस्तान्तरण गर्नुहुने दाताहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा वोल्दै पत्रकार एवम् सिद्द सेतुली प्रतिष्ठान कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले दाताहरुलाई धन्यवाद दिदै विद्यालयलाई स्थापित गराउन विद्यार्थी, शिक्षक र संरचना मात्र नभई आफ्नै जग्गा हुनुपर्ने मा जनप्रतिनिधी र प्रमुख अतिथिको ध्यानकर्षण गराउदै बसपार्क व्यवस्थापन पश्चात विद्यालयको भविष्य कतातर्फ जाला भन्ने वारेमा पनि चासो व्यक्त गरेका थिए ।

सोहि क्रममा पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले दाताहरुलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको उत्तरदायीत्व वडाले वहन गर्ने प्रतिवद्दता व्यक्त गरे । बालबालिकाहरुको मौलिक हक अन्तरगत पर्ने शिक्षा हाँसिल गर्न उपयुक्त वातावरण सिर्जनाका निमित्त गुणस्तरीय पिउने पानीको पनि महत्वपूर्ण भूमिका रहने समेत धारणा राखे ।

कार्यक्रमको समापनका क्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिक्रम थकालीले विपन्न तथा अव्यवस्थित वस्तिका करिव २६० अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि कार्यक्रम विद्यालयमा ल्याउनुभएकोमा दाताहरु द्वय अमर गुरुङ र अर्जुन मैनालीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगी मनहरुको चासो र सक्रियताले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरलाई फड्को मार्न सकिने विश्‍वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थीत प्रमुख अतिथि, विशेष अतिथी, जनप्रतिनिधि, सहारा क्लबका पूर्व अध्यक्ष, सहारा क्लबका मानर्थ सदस्य, सहारा क्लब र सहारा युकेका कार्यसमिति पदाधिकारी शिक्षा प्रेमी, विभिन्न संघ सस्थाका अध्यक्ष एवम् पदाधिकारी, शिक्षक, अभिभावक विद्यार्थीहरुको उल्लेख्य उपस्थितिले कार्यक्रम सफल भएकोमा सवैप्रति धन्यवाद व्यक्त गरे ।