स्वास्थ्य

मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

पोखरा, कार्तिक २, पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०८०÷८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुुत्केरी भएको ४५ दिनसम्मका महिलाहरुको मृत्यु हुुने गरेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सबिना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा ९ जना मातृ मृत्यु भयो भने ती मध्य ५ जना पोखरा महानगरका भएको बताइन् । उनका अनुुसार चालुु आर्थिक वर्ष २०८१÷८२ को साउन यता एक जनाको महिलाको मृत्यु भएको छ ।… पुरा पढौ

के तपाईका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो ?

पोखरा २, कार्तिक, के तपाईका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो ? यदि ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि नखुवाउनु भएको छ भने नजिककोे स्वास्थ्य चौकीमा लगेर खुवाउन सक्नु हुन्छ । यसैक्रममा, आजदेखि पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नु भयो । अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब… पुरा पढौ

पोखरामा योगा महोत्सव सम्पन्न

पोखरा १, कार्तिक, पर्यटकीय नगरी पोखरामा नेपाल योगा महोत्सव २०२४ सम्पन्न भएको छ । होटल संघ नेपाल र पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा कार्तिक ३० गते उक्त महोत्सव आयोजना भएको हो । यही कात्तिक ३ गतेसम्म उक्त महोत्सव संचालन हुने भने पनि प्राविधिक कारण वश केही देशका योग साधकहरुले पछिल्ले समयमा नआउने जनाएसगै केही विदेशी सहित आन्तरिक पर्यटक एवं पोखराका पर्यटन व्यावसायीहरुको सहभागितामा उक्त महोत्सव सम्पन्न गरिएको होटल संघ पोखरा , नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराक्लिकलाई बताउनु… पुरा पढौ

फेवातालमा अलपत्र परेका दुई जनालाई सशस्त्र प्रहरीले गर्यो कुशल उद्धार

पोखरा १, कार्तिक, फेवातालको बिच भागमा काठको डुङ्गामा अड्किएका दुई जनालाई सशस्त्र प्रहरी बल नं. २४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धार टोलीले सकुशल उद्धार गरेको छ । विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण तालको बिच भागमा खड्किएका रुपन्देही देवदह न.पा.११ घर भई काठमाण्डौ तोखार न.पा. बस्ने २२ वर्षका मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर न.पा.११ बुटवल बस्ने २२ वर्षकी प्रिति सुनारलाई उक्त टोलीले उद्धार टोली ले सकुशल उद्धार गरेको कालिका गणका गणपति एवं एसपी अरुण कुमार शर्माले बताउनु… पुरा पढौ

नवलपरासीको हार्ट बजारको रौनक

नवलपरासी २८, असोज, दशैं टिकाको भोलि पल्ट आइतबार नवलपरासीको झरही पुल नजिक आयोजना भएको हार्ट बजारको रौनक । उक्त हार्ट बजारमा दुर्गा भगवानको प्रतिकको रुपमा रहेका मुर्तिहरु प्रर्दशनी पश्चात वसिर्जन गरिएको छ । उक्त हार्ट बजारमा दैनिक उयपभोग्य बस्तु खरिद गर्न हजारौं व्यक्तिहरु सहभागि हुनु भएको थियो । पुरा पढौ

पोखरामा भेडा–च्याङग्राको बिक्रि भएसंगै मासुमा मुल्य बृद्धि, खसि पनि थोरै सङख्यामा मात्र

दीननाथ बराल,पोखरा २५, असोज, दशैं पर्वको अवसरमा पोखरामा बिक्रिको लागि ल्याइएको भेडा–च्याङग्रा सप्तमी (विहिबार) मै बिक्रि भएकोले खसिको मासुको मुल्यमा बृद्धि भएको छ । यस बर्ष सप्तमी मै भेडा–च्याङग्रा बिक्रि भएकोले त्यसको प्रभावले खसि वोकाको माग गढेकोले आफुहरुलाई खसि वोकाको व्यबस्थापन गर्न कठिन भएको पोखरा खसि बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले पोखरा क्लिकलाई बताउनु भयो । लेखनाथ भण्डारढिकबाट च्याङग्रा खरिद गर्न आएको एक टोली । तष्विर पोखरा क्लिक । शुक्रबार बिहान ११ः०० बजे सम्म खसि तथा वोकाको प्रतिकेजी ६… पुरा पढौ

फुलपाती देखि दशमीसम्म होटल बाराही काठमाण्डौं र पोखरामा दशैँ भोज

काठमाडौँ २४, असोज, नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज सुरु भएको छ । दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् । होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही… पुरा पढौ

ठाकुर युआरएल अध्यक्ष

पोखरा, २२ असोज, गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को छैटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । युआरएल सञ्चालक समिति अध्यक्षमा र ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् । सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा वसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा… पुरा पढौ

पोखरामा पहिलो पटक व्युटी तथा कस्मेटोलोजीको पढाइ हुने तयारी

पोखरा १९, असोज पर्यटकीय नगरी पोखरामा पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजिको पढाइ हुने भएको छ । सीटीईभीटीले पोखरामा तीन बर्षे डिप्लोमा व्युटी तथा कस्मेटोलोजीको पढाइ सुरु गर्न लागेको हो । गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा सीटीईभीटीसँग सहकार्य गरेर सीपमूलक शिक्षा प्रदान गर्न लागेको हो । यो कार्यक्रम नेपालमा नौलो हुने संस्थाका अध्यक्ष ध्रुव शर्माले बताए । यो विषयमा छालाको हेरचाह, सौर्न्दर्य, मसाज, नङको हेरचाह, मेकअप, मसाज, थेरापीलगायतमा पढाइ हुने अध्यक्ष शर्माले जानकारी दिए । अहिले नेपाली विद्यार्थी ब्युटी… पुरा पढौ

पोखरामा भेंडा–च्यांग्रा खरिद बिक्रि सुरु, अघिल्लो बर्षको तुलनामा १५ प्रतिशत सहुलियतमा

दीननाथ बराल , पोखरा १९ असोज। वडा दशैं पर्वको अवसरमा पोखरामा हिमाल पारीको जिल्ला मुस्ताङबाट ल्याएका भेडा च्याङग्रा खरिद तथा बिक्रि गर्न सुरु भएको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष भेडा च्याङग्रा बढी आएकोले गर्दा करिब १५ देखि २० प्रतिशत सहुलियतमा उपलब्ध भएको व्यवसायीहरुले बताउनु हुुन्छ । हालसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासि भएका छन्। नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा बिक्रि गर्ने उद्धेश्यले मुस्ताङमा आइतबारसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासि भएको भेटेरिनरी… पुरा पढौ