
पोखरा १, कार्तिक,
फेवातालको बिच भागमा काठको डुङ्गामा अड्किएका दुई जनालाई सशस्त्र प्रहरी बल नं. २४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धार टोलीले सकुशल उद्धार गरेको छ । विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण तालको बिच भागमा खड्किएका रुपन्देही देवदह न.पा.११ घर भई काठमाण्डौ तोखार न.पा. बस्ने २२ वर्षका मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर न.पा.११ बुटवल बस्ने २२ वर्षकी प्रिति सुनारलाई उक्त टोलीले उद्धार टोली ले सकुशल उद्धार गरेको कालिका गणका गणपति एवं एसपी अरुण कुमार शर्माले बताउनु भयो । काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गरेका दुई जनालाई अचानक आएको हावाहुरीमा परी वीच तालमा अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा टोलीले तत्काल उद्धार गरेको उहाँले जनाउनु भयो ।
एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो। विहिबार कोजाग्रत पूर्णिमा पर्वको अवसरमा बर्षकै अत्ध्याधिक भिड हुने दिन भएकोले बिहानै देखि तालमा डुंगा सयर गर्नहरुको भिडभाड भएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले पोखराक्लिकलाई बताउनु भयो ।




