पोखरामा योगा महोत्सव सम्पन्न

-


     पोखरा क्लिक     
     कार्तिक १ गते २०८१ मा प्रकाशित


पोखरा १, कार्तिक,

पर्यटकीय नगरी पोखरामा नेपाल योगा महोत्सव २०२४ सम्पन्न भएको छ । होटल संघ नेपाल र पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा कार्तिक ३० गते उक्त महोत्सव आयोजना भएको हो ।

यही कात्तिक ३ गतेसम्म उक्त महोत्सव संचालन हुने भने पनि प्राविधिक कारण वश केही देशका योग साधकहरुले पछिल्ले समयमा नआउने जनाएसगै केही विदेशी सहित आन्तरिक पर्यटक एवं पोखराका पर्यटन व्यावसायीहरुको सहभागितामा उक्त महोत्सव सम्पन्न गरिएको होटल संघ पोखरा , नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराक्लिकलाई बताउनु भयो ।

महोत्सवमा ५० विदेशी सहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा गरे पनि अन्तिम समयमा ९ देशका पर्यटकहरु नआउने गरी जानकारी गराएसंगै उक्त कार्यकम एकै दिनमा सम्पन्न गरिएको उहाँले जनाउनु भयो । बाढी पहिरो लगायतका कारण देखाउदै पर्यटकहरुले उक्त कार्यक्रममा अन्तिम समयमा नआउने जनाएको संघले जनाएको छ ।

विभिन्न विधामा योगा कक्षाहरु सञ्चालन भएको होटल संघ नेपालका महासचिव एबं कार्यक्रमका सभापति साजन शाक्यले बताउनु भयो । महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ताहरु गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग र ध्यानको कार्यशालाहरु रहेको संघले जनाएको छ ।



This will close in 20 seconds