पोखरामा भेंडा–च्यांग्रा खरिद बिक्रि सुरु, अघिल्लो बर्षको तुलनामा १५ प्रतिशत सहुलियतमा

-


     पोखरा क्लिक     
     असाेज १९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल ,

पोखरा १९ असोज।

वडा दशैं पर्वको अवसरमा पोखरामा हिमाल पारीको जिल्ला मुस्ताङबाट ल्याएका भेडा च्याङग्रा खरिद तथा बिक्रि गर्न सुरु भएको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष भेडा च्याङग्रा बढी आएकोले गर्दा करिब १५ देखि २० प्रतिशत सहुलियतमा उपलब्ध भएको व्यवसायीहरुले बताउनु हुुन्छ ।

हालसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासि भएका छन्। नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा बिक्रि गर्ने उद्धेश्यले मुस्ताङमा आइतबारसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले बताउनु भयो ।

असोज ८ गते देखि मुस्ताङबाट भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गर्न सुरु भए पनि अझै केही दिनसम्म उक्त कार्य जारी रहने भएको उहाँले जनाउनु भयो ।

उक्त भेंडा च्यांग्राको स्वास्थ्यको हालको अबस्था राम्रै भएको डा.अर्यालले जनाउनु भयो । पानी परेका कारण पोेखरा लगायतका स्थानमा पुग्दा केही भेंडा च्यांग्राको नाकबाट सिंगान आउन सक्ने डा.अर्यालले बताउनु भयो ।

मुस्ताङको जोमसोमबाट म्याग्दी हुदै पोखरा, काठमाण्डौं, चितवन लगायतका क्षेत्रमा दशैं पर्व लक्षित हुने गरी यस बर्ष करिब ८ हजार भन्दा बढी भेंडा च्यांग्रा बिक्रिको लागि मुस्ताङबाट बाहिरिने व्यवसायीहरु बताउदै आउनु भएको छ ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष भेडा च्यांग्राको मुल्यमा निकै सहुलियतमा उपलब्ध भएको छ । गत बर्ष अघिल्लो पटकमा ५० हजार मुल्य भनिने भेडा च्यांग्राको मुल्य यस बर्ष ३० देखि ४० हजारमा बिक्रि भएको छ । मुस्ताङ लोमानथाङमा ठुला प्रजातिको प्रति च्यांग्रा ३४ हजारमा बिक्रि गरेको पासाङ गुरुङले बताउनु भयो । यस बर्ष धेरै मात्रमा भेडा च्याङग्रा उत्पादन भएकोले गर्दा गत बर्ष भन्दा यस बर्ष केही कम मुल्यमा आफुहरुले व्यवसायीहरुलाई बिक्रि गरेको उहाँले जनाउनु भयो । यसैबिच, मुस्ताङमा हुर्काइएका भेंडा च्यांग्रा पोखरामा बिक्रि वितरण गर्न सुरु भएको छ ।



This will close in 20 seconds