पोखरामा एक दिन अघि वेपत्ता भएका बालक फेवातालमा मृत भेटिए

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ७, भदौ,

पोखरामा एक दिन अघि (विहिबार) वेपत्ता हुनु भएको बालक शुक्रबार (आज) फेवातालमा मृत अबस्थामा भेटिनु भएको छ । पर्वत फलेवास नगरपालिका २ थापाठाना घर भई पोखरा ७ अन्नपूर्ण टोल बस्ने सुर्य बहादुर क्षेत्रीको १३ बर्षका छोरा प्रस्ताव क्षेत्री फेवातालमा मृत अबस्थामा भेटिनु भएको प्रहरीले जनाएको छ ।

डेरामा बस्दै आउनु भएको उहाँले कसैलाई पनि नसोधि कोठाबाट हिड्नु भएको स्थानियले बताउनु भयो । एक बालक ड््यामसाईड स्थित फेवातालमा हाम फालेको भन्ने आज दिउँसो ३ः०० बजे जानकारी हुन साथ प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट र शसस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर मालेपाटनबाट समेत रेस्क्यू टोलीले उहाँको उद्धारमा खटिनु भएको थियो ।

उक्त टोलीले बालकलाई उद्धार गरी पश्चिम क्षेत्रिय अस्पताल पोखरामा पुर्याएसंगै केहीे समयमै चिकित्सकले मृत घोषणा गर्नु भएको अस्पताल श्रोतले जनाएको छ । फेवातालको १८ फिट गहिराबाट बालकको शव निकालिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले पोखराक्लिकलाई जानकारी दिनुभयो। उक्त घटनाको बारेमा थन अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।