
दीननाथ बराल,
पोखरा, ६ भदौं,
कास्कीमा डेंगूका बिरामीहरुको ङख्यामा ह्वात्तै बृद्धि भएसंगै यहाँ सचेतना मुलक कार्यक्रम सुरु भएको छ । सरकारी तथा गैर सरकारी विभिन्न संघ संस्थाले यस्तो अभियान जारी राखेका छन् ।

कास्कीमा डेंगू रोग नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नं.२४ कालिका गणले विभिन्न सचेतना मुलक कार्यक्रम तथा सरसफाई गर्ने भएको छ । स्थानीयहरू सँगको सहकार्य एवं सहभागितामा भोलि(शुक्रबार) बिहान ७ बजे देखि ९ः३० बजे सम्म पोखरा महानगरपालिका वडा नं.५ र ८ का विभिन्न टोलहरुमा डेंगू खोजि गरी मार्ने अभियान अन्र्तगत बिषेश सरसफाई गर्ने भएको गणका गणपति अरुण पौडेलले पोखराक्लिकलाई बताउनु भयो । पोखरा महानगरपालिका वडा नं. ८ मा १३१ जना, वडा नं. ५ मा १२१ जना र वडा नं. १७ मा ३३ जना भन्दा बढीमा डेंगूका बिरामी रहेको उहाँले जनाउनु भयो ।

कास्की सहित गण्डकी प्रदेशमा डेंगूका बिरामीहरुको ङख्यामा ह्वात्तै बृद्धि भएसंगै निजी ल्यावहरुलाई निश्चित शुल्कमा डेंगू परिक्षण गर्न गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । हाल प्रदेशमा डेंगीको महामारी रहेकोले विभिन्न माध्यमबाट निजि प्रयोगशालाहरुले डेंगूको द्रुत परिक्षण किटको प्रयोग नगरेको र यसको शुल्क ६ सय भन्दा बढी लिएको जनगुनासो आएसंगै प्रयोगशालाले ६ सय रुपैया भित्र डेंगू परिक्षण गर्न सूचना जारी गरेको हो ।

प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाको विशेष उपस्थितिमा प्रादेशिक डेंगू रोकथाम तथा नियन्त्रण निर्देशक समितिको बैठकले उक्त निर्णय पालना गर्न हुन् निर्देशन दिदै अन्यथा कानुन बमोजिम नगरे कार्वाही गर्ने प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्रले पोखराक्लिकलाई बताउनु भयो । कास्कीमा ९ सय २७ जना भन्दा बढीमा डेंगू रोग शंक्रमण देखा परेको उहाँले जनाउनु भयो । पोखरा सहित कास्कीका अधिकांश अस्पतालमा डेंगू रोग शंक्रमण बिरामीहरु रहेको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले बताउनु भयो ।
कास्कीका ५ पालिका मध्य सबै भन्दा धेरै पोखरा महानगरमा करिब ६ सय ८५ डेंगुका बिरामीहरु भेटिएका छन् भने मादी गाउँपालिकामा हालसम्म यस सिजनमा डेंगुका बिरामी भेटिएका छैनन् । अन्नपूर्ण र रुपमा गाँउपालिकामा ६÷६ जनामा र माछापुच्छ«े गाउँपालिकामा ४ जनामा डेंगू संक्रमण देखा परेको बरालले उल्लेख गर्नुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल), गण्डकी मेडिकल कलेज, मेट्रोसिटि, फिस्टेल, रिजनल, मणिपाल शिक्षण अस्पताल लगायतका अस्पतालमा डेंगु शंक्रमण बिरामी रहनु भएको छ । डेंगू रोग शंक्रमणबाट कास्कीमा एक महिला सहित दुई जनाको मृत्यु भएको छ भने तनहुँबाट डेंगू रोग शंक्रमण भई पोखरामा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ ।