पोखरामा बस दुर्घटनामा ट्याक्सिमा ठक्कर खादा ठुलो मानविय क्षति हुनबाट बच्यो (भिडियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरा ७, भदौं,

पोखरामा आज बस दुर्घटना हुदा तीन वटा ट्यासीमा ठक्कर खादा ठुलो मानविय क्षती हुनबाट बच्न सफल भएको छ । चालकले नियन्त्रण गुमाउदा पोखरा महानगरपालिका वडा नं १७ मा स्कुल बस दुर्घटना हुँदा चालक ५४ वर्षीय दलबहादुर गुरुङ घाइते हुनु भएको छ। पोखराको नागढुङ्गास्थित न्यू मोडल सेकेण्डरी स्कुलको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।

घारीपाटनस्थित हिमालय आँखा अस्पतालको भित्री सडक खण्डमा ग१ क ४६६१ नम्बरको स्कुल बस दुर्घटना हुँदा स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भई हाल पोखरा–९ कृष्ण टोल बस्ने ५४ वर्षीय चालक गुरुङ घाइते हुनु भएको हो । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा २० जना विद्यार्थीहरु सवार रहेको सबै जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वशन्तकुमार शर्माले बताउनु भयो ।

बस दुर्घटना हुँदा पार्किङमा राखिएका ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति पुगेको छ । उक्त बस चालक केही सेकेण्ड अघि नै बेहोस भए पश्चात बस आफै ट्याक्सीमा ठोकिन पुग्दा बस पल्टनबाट बच्न सफल भएको स्थानियले बताउनु भयो । यसै सम्बन्धि एक भिडियो सामाग्रि ।



This will close in 20 seconds