गण्डकी सेरोफेरो

गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनलाई बुधबार मासिक भत्ता दिने

दीननाथ बराल गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनहरुलाई भोलि (बुधबार) मासिक भत्ता वितरण गर्न सुरु गर्ने भएको छ । प्रदेश सरकारले घोषणा गरेको उक्त रकम बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै प्रदेशका ओलम्पियनहरु मसिक भक्ता वापतको रकम हस्तान्तरण गर्ने भएको हो । ओलम्पिकमा सहभागी भएका प्रदेश भित्रका खेलाडीहरुलाई सरकारले मासिक ५ हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषणा सहित बजेटमा समेत उल्लेख गर्नु भएको थियो । गण्डकीबाट स्विमिङ, जुडो, एथलेटिक्स र सुटिङमा गरी ७ जना खेलाडी ओलम्पिकमा सहभागी हुनु भएको… पुरा पढौ

खै हाम्रा जनप्रतिनिधिहरु कहाँ छन् ? कहिलेसम्म पर्यटकीय सडक मार्ग खाल्डाखुल्डी, धुलाम्मे र हिलाम्मे हुने हो !

शिव देवकोटा,पोखरा महानगरलाई पर्यटकीय राजधानि घोषणा गर्ने अन्तिम तयारी गरी रहँदा पोखराका विभिन्न पर्यटकीय सडक मार्गहरुको हविगत भने उदेक लाग्दो रहेका छन् । कोभिड पछि आर्थिक मन्दिले बजारमा आर्थिक कृयाकलाप गिर्दो क्रममा रहेको अबस्थामा पोखरा क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यसम्म जाने तथा आउने पर्यटन मार्गहरुमा खाल्डा खुल्डी हुनुले पोखरेलीले जनप्रतिहरु समक्ष धेरै ठुलो आशा भन्दा पनि सडक मार्गहरु नै नियमित मर्मत संम्हार गर्न जोडदार माग गर्दै आएका छन्। यसै सन्दर्भमा पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको किनारमा रहेका पर्यटन मार्ग खाल्डा खुल्डी,… पुरा पढौ

पोखरामा बुधबार अन्र्तराष्ट्रिय लोक सास्कृतिक मेला हुने

पोखरामा भोलि (बुधबार) लोक सांस्कृतिक मेला हुने भएको छ । पोखराको बाराही घाटमा नेपाल उद्योग बाणिज्य महासंघ , गण्डकी प्रदेश र एभरेष्ट नेपाल सास्कृतिक समुहको संयुक्त आयोजनामा १२ औंं सस्करणको अन्र्तराष्ट्रिय लोक सास्कृतिक मेला हुने भएको मेला आयोजक समीतीका संयोजक संजिव बहादुर कोईरालाले बताउनु भयो । मेलामा नेपाल सहित बेल्जीयम,बोत्सवना,अष्ट्रेलिया,स्टोनिया, जर्मनी नेपाल,भारत, ईण्डोनेसिया, मेलेसिया,पोल्यान र साउथ अफ्रिका का कलाकाराहरुको सहभागिता हुने संयोजक कोइरालाले जनाउनु भयो । ११ देशका ३ सय ७५ जना भन्दा बढी कलाकारहरुको सहभागिता हुने भएका छन्। निशुल्क… पुरा पढौ

सूर्य नेपाल च्यालेन्ज एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता

काठमाडौं, फागुन २२ सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीषस्थानमा उक्लन सफल भएका छन। डिफेन्डिङ च्याम्पियन सदभावले आज १(अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३(अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन। १(अन्डर ६७ सहित समग्रमा २(अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए। पुर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले… पुरा पढौ

पोखरा १६ मा लागु औषध रोकथाम सचेतना

पोखरा महानगर पालिका वडा नं. १६ मा लागु औषध रोकथाम सचेतना प्रशिक्षण तथा पर्चा वितरण गरिएको छ । लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषध सेवनले पार्ने प्रभाव, समाजमा वढ्दो विकृति र युवा युवतीमा देखिएको लागु औषध प्रयोगको प्रभावका विषयमा वडाभित्र क्रियाशिल विभिन्न आमा समुहका प्रतिनिधीलाई प्रशिक्षण दिईएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य रामचन्द्र आचार्यले लागु औषधवाट बढ्दो विकृति अनत्य गर्न सवै पक्ष जागरुप हुनुपर्नेमा… पुरा पढौ

स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन भएका लमजुङ र गोरखाका पालिकामा अनुुगमन

पोखरा, फागुन २२ गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका, बेसीसहर नगपालिका, गोरखा जिल्लामा रहेको सिरानचोक गाँउपालिका र अजिरकोट गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुुगमनसंग प्रदेश समन्वय समितिका सदस्यहरु र पािलकाका प्रमुख उपप्रमुखवीच अनुभव आदान प्रदान गरिएको हो । पालिकाहरुले सुचना… पुरा पढौ

रामघाटमा बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन भेट्रान्सतर्फ चार खेल

पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गरेका हुन् । ५ दिनसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनपछि उपाध्यक्ष गुरुङले खेलाडी उत्पादनमा प्रतियोगिताको भूमिका उत्कृष्ट रहने बताए । प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझाव… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन तीन सय १० जनाको परिक्षण

स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विद्यालयमा अध्य्यनरत विद्यार्थीहरुको लागि आयोजना गरिएको दुई दिने शिविरको पहिलो दिन मंगलबार तीन सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर बुधबारसम्म चल्नेछ । विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार, अर्का पुर्व विद्यार्थी वालरोग विशेषज्ञ डा विनोद तुलाचन सगै डा… पुरा पढौ

अमेरिकाको ह्युस्टन सहरमा नेपालको प्रतिनिधित्व गर्दै बरालले गर्नुभयो फोटो तथा भिडियो प्रर्दशन

दीननाथ बराल अमेरिकाको मिनेसोटा स्थित ह्युस्टन सहरमा हालै सम्पन्न भएको २२ औँ संस्करणको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै पोखराका फोटो पत्रकार तथा गिद्ध संरक्षण एवं लाटोकोसेरो संरक्षणका अभियान्ता कृष्णमणि बरालले फोटो तथा भिडियो प्रर्दशन गर्नु भएको छ । नेपालमा भइरहेको लाटोकोसेरो संरक्षणका प्रयास, लाटोकोसेरो संरक्षणकै लागि भएको संरक्षण उत्सव, नेपालका जैविक विविधता, उच्च हिमाल, पहाड, तराई सम्मको पाइने चराका प्रजाति, पर्यापर्यटनको आकर्षक गन्तव्य समेटेर तयार पारेको भिडियो प्रदर्शन गरिएको बरालले पोखराक्लिकलाई बताउनु भयो । भिडियो प्रदर्शनीको साथै नेपालमा लाटोकोसेरो… पुरा पढौ

पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा हुने, चर्चीत हाँस्यकलाकारको उपस्थिति हुने

दीननाथ बराल, पोखरामा भोली (सोमबार) महाकमेडी विथ महाजात्रा हुने भएको छ । महाकमेडी विथ महाजात्रा साँझ सभागृह हलमा आयोजना गरिने तयारी गरिएको निर्देशक विशाल भण्डारीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त कार्यक्रममा चर्चीत हाँस्यकलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले जनाउनु भयो । दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका… पुरा पढौ