राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

-


     पोखरा क्लिक     
     फागुन २९ गते २०८० मा प्रकाशित


काठमाडौँ २९, फागुन

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । संघीय संसद् सचिवालयमा उहाँले मंगलबार निर्वाचित भएसंगै पदभार ग्रहण गरेका हुन्।

अध्यक्ष दाहालले सांसद, सचिवालय र कर्मचारीबीच एकता, समझदारी र विश्वासको वातावरण बनाएर अगाडी बढ्ने बताए। राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिकालाई प्रभावकारी बनाउने उल्लेख गर्दै उनले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने, जनाए ।

यस अघि राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका दाहाललाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालको पक्षमा बहुमत सांसदले मत जाहेर गरेपछि दाहाल निर्वाचित भए। दाहालको पक्षमा ३९ जना सांसदहरु मतदान गरे भने विपक्षमा १७ मत परेको थियो । मतदानमा जम्मा ५६ जना सांसदको उपस्थिति रहेको थियो ।

दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुन् । राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । १७ मत प्राप्त गरेका शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भएका थिए ।