खानपिनमा बिषेश ध्यान दिदै शारीरिक व्यायम गरी मोटोपन घटाउन चिकित्सकहरुले सुझाव दिनु भएको छ । मोटोपन दिवसको सन्दर्भमा पोखरा नयाँबजारमा रहेको बिद्याज डाइट एण्ड र फिट्नेस सेन्टरले सोमबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा चिकित्सकहरुले उक्त सुझाव दिनु भएको हो । रातो मासु, सुकाएका तथा पोलेको मासु नखाने, तेलमा पकाइएको खाना कम खाने, धेरै भन्दा धेरै फलफुल र साग सब्जी खाने, चना र अंकुरित चनाको सेवन गर्ने, शरीरका वजनलाई संतुलित राख्नका लागि प्रतिदिन शारीरिक व्यायम गर्न चिकित्सकहरुले सुझाव दिनु भएको हो…
पुरा पढौ